२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन नभइ निर्वाचन हुन सक्दैनः राप्रपा



अ+ अ-

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाहीले जेन जीको आन्दोलन २०८४ को निर्वाचन ०८२ मा गर्नको लागि नभएको बताउनुभएको छ ।

शुक्रवार साँझ शितल निवासमा भएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

आन्दोलन प्रत्यक्ष निर्वाचिन कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेजी, गैरदलीय स्थानीय तहका लागि, संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द गर्न, भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कानून निर्माण गर्न र अहिलेको वास्तविक जेन जीको माग पूरा गर्नका लागि भएको बताउनु भयो । १८ वर्षको जेन जीले मतदान गर्न पाउने तर २५ वर्ष नपुगी उम्मेदवार बन्न नपाउने कानून खारेज गर्न माग गर्नुभयो । अनलाइन मतदान प्रणालीबाट अघि बढ्नुपर्ने र विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।

राप्रपाले राजासहितको प्रजातन्त्रको कुरा अघि बढाएको उल्लेख गर्नुभयो । संविधान संशोधन नभइ निर्वाचन हुन नसक्ने उल्लेख गर्नुभयो ।  —न्युज एजेन्सी नेपाल