बिहीवारदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रिय कार्यसम्पादन समितिका सदस्यहरु समेत सहभागि भएपछि नेताहरु बोल्ने क्रम नसकिएकोले फेरि शनिवारका लागि बैठक बोलाइएको हो । मुलुकमा विद्यमान राजनीतिक जटिलतामा पार्टी र मुलुकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताउनु भयो । उहाँले आगामी २६ गते बस्ने पार्टी केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा समान धारणा बनाएर जाने भन्दै साही पेरिफेरीमा छलफल भइरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कार्यसम्पादन समितिमा रहेका साथिहरु समेत बसौं भनेर आज हामी पदाधिकारी र पूर्वपदाधिकारीहरुको मिटिङ बस्यौं । यद्यपि अझै नेताहरुले बोल्नेक्रम पूरा भएको छैन । केही साथीहरुले बोल्न बाँकी रहेकोले फेरि भोलि बिहान ११ बजेको लागि बैठक बोलाइएको छ । अहिले देशमा विद्यमान अवस्थामा पार्टीलाई कसरी अगाडि बढाउने र राष्ट्रिय राजनीतिमा खडा भएको प्रश्नबारे पनि ठोस समान धारणा बनाउने विषयमा केन्द्रित भएर हामी छलफल गरिरहेका छौं । अगामी २६ गतेको बैठकमा समान धारणा लिएर ठोस निष्कर्ष निकाल्नको लागि गृहकार्य र एजेण्डा तय गर्न छलफल भइरहेको छ ।’

पार्टीको महाधिवेश निर्धारित समयमा गर्ने कि अर्ली अधिवेशन गर्नेबारे नेताहरुबीच मतभेद देखिन्छ ।