१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर

जेन–जी आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई कुनै आदेश दिइएको थिएनः रमेश लेखक

जेन–जी आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई कुनै आदेश दिइएको थिएनः रमेश लेखक
अ अ+ अ-

काठमाडौँ । तत्कालीन गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले जेन–जी आन्दोलनको क्रममा आन्दोलनकारीमाथि बल प्रयोग गर्न कुनैपनि आदेश नदिएको दाबी गर्नुभएको छ ।

शुक्रवार पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई प्रधानमन्त्री र गृहमन्त्रीको तर्फबाट कुनै पनि आदेश नभएको जिकिर गर्नुभएको हो । तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले आन्दोलनकारीहरुलाई गोली हान्न आदेश दिएको आरोप लाग्दै आएको छ । उहाँले आन्दोलनको क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त समेत गर्नुभयो । उहाँले आन्दोलनको पहिलो दिनमै ठूलो धनजनको क्षति भएका कारण आफूले गृहमन्त्रीको पदबाट राजीनामा गरेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘जेन–जी आन्दोलनको क्रममा प्रहरीलाई बल प्रयोग गर्नको लागि तत्काली प्रधानमन्त्री र गृहमन्त्रीले आदेश दियो भन्ने कोणबाट पनि कुराहरु आइरहेका छन् । जोसुकै गृहमन्त्री र प्रधानमन्त्री भएपनि यसरी आदेश दिने कुरा हुँदैन । आन्दोलनकारीमाथि बल प्रयोग गर्ने कुनै पनि आदेश दिइएको छैन, भनिएको छैन । घट्नाहरु दुःखद् भए । धेरै जनाको ज्यान गएको छ । सरकारी संरचना र व्यक्तिगत निजी आवासहरुमा ठुलो आगजनी भएको छ । ति घट्नाहरुका प्रति मलाई गहिरो कुरा भयो । लगत्तै मैले मन्त्री पदबाट राजीनामा दिएको कुरा यहाँहरुमा विदितै छ ।’

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा तय गर्न निरन्तर पार्टी बैठक चलिरहेको उहाँको भनाइ छ । उहाँले पार्टीको अगामी कार्यनीतिको बारेमा पार्टीभित्र गम्भीर छलफल भइरहेको समेत बताउनु भयो ।