काठमाडौं । बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।
बहराइनको मनामा स्थित नेपाली दुतावासले आज एक बिज्ञप्ति जारी गर्दै थप १० जना नेपालीलाई कोरोना संक्रमण देकिएको जनाएको छ।
बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।