२३ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ रावणको संगतमा कुम्भकर्णको बुद्धि भ्रष्ट भयो… अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हेल्थ डेस्क’ राखेर खोलियो तातोपानी नाका



अ+ अ-

काठमार्डौं । कोरोना संक्रमण भित्रने जोखिम बढेपछि माघ १३ मा बन्द गरिएको चीनसँगको प्रमुख नाका तातोपानी पुनः सञ्चालनमा ल्याइएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिमको ‘हेल्थ डेस्क’ राखेर बुधबार साँझबाट नाका खोलिएको कान्तिपुर अनलाइनले लेखेको छ।

नाकाबाट पहिलो लटमा १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएका छन्। प्रशासन, भन्सार, जनप्रतिनिधि र सुरक्षाकर्मीबीच छलफलपछि तीनबुँदे निर्णय गरी सुरक्षित रूपमा नाका खोलिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताउनुभयो। ‘सुरुवाती हेल्थ डेस्कको मापदण्डअनुरूप परीक्षण सकेर नाका खुलाइएको हो,’ उहाँले भन्नुभयो, ‘खाद्यान्न र मेडिकल सामान मात्रै आउनेछन्।’ बिएम डेर्डीका व्यवसायीले खरिद गरेको मास्क र सेनिटाइजर चिनियाँ प्रहरीले आवश्यक परीक्षण सकेर नेपाली चेकपोस्ट ल्याइदिएको उहाँले सुनाउनुभयो।

७५ सय वटा मास्क र ५ सय सेनिटाइजर हेल्थ डेस्कमा जाँचेर भन्सार कार्यालयको यार्डमा लगिएको थियो। ‘यो लिन नेपालकै एउटा सवारी बोर्डर पुगेको थियो, सिल्ड भएर राजधानी गइसकेको छ,’ पौडेलले भन्नुभयो। नाका र झिर्पुमा गरी १० बेडको आइसोलेसन र १० बेडको क्वारेन्टाइन कक्ष पनि तयार राखिएको उहाँको भनाइ छ।

मितेरी पुलपारि चीनतर्फ पनि विशेष स्वास्थ्य टोली तयारी अवस्थामा छ। तिनले चालकको स्वास्थ्यदेखि सवारीसाधन र तिनमा ल्याइएका सामग्रीसम्मको सुरक्षा जाँच गर्छन्।

एकअर्का देशमा कोरोना संक्रमण भित्रन नदिन नाकाका चिनियाँ प्रहरी अधिकारीले पनि कडा निगरानी गरिरहेको सीमास्थित सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक हरिबहादुर थापाले बताउनुभयो। ‘चीन पक्षले पनि कोरोना परीक्षणका लागि मितेरी पुलछेउ स्वास्थ्य टोली तयार राखेको छ,’ उहाँले भन्नुभयो।
चीनबाट भित्रिएका मास्क र सेनिटाइजर नाकामा कीटनाशक औषधि छर्केर मात्र राजधानी पठाइएको हो। मालवस्तु जाँचमा आवश्यक मेडिकल प्रोटोकल पालना गरिएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताउनुभयो।

सामान परीक्षण गर्न संलग्न कर्मचारीलाई संक्रमण रोक्ने कपडा उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो। नाका खुलेपछि स्थानीयले भने सुरक्षा सतर्कतालाई विशेष ध्यान दिन जनप्रतिनिधिलाई आग्रह गरेका छन्। ‘तातोपानी नाका खुलाइरहँदा आधा स्थानीय त्रस्त छन्, कोरोना भाइरसबाट हुन सक्ने जोखिमलाई पनि नियालियोस्,’ स्थानीय व्यवसायी सेते श्रेष्ठले भन्नुभयो।