१३ असार २०८३, शनिबार
,
Latest
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले काठमाडौंबाट घर जानेलाई भोलि र पर्सि जान दिने



अ+ अ-

काठमाडौं । सरकारले लक डाउनका कारण काठमाडौंमा रहेकालाई घर जान दिने भएको छ । बिहीबार रक्षा मन्त्रालयमा बसेको मन्त्रीहरूको बैठकले शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान दिने निर्णय गरेको हो।

लक डाउनको बेला मानिसहरू हिँडेरै टाढा/टाढा आफ्नो गृहजिल्ला जाने गरेपछि सरकारले दुई दिन उपत्यका बाहिर जान दिने भएको हो।

यो अवधि काठमाडौं उपत्यकाभित्र आउन भने पाइने छैन। बाहिर जान चाहनेलाई स्थानीय तहसँग समन्वय गरी पठाउन लागिएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।