४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु

कुकुर र बिरालोलाई भ्याक्सिन तथा बन्ध्याकरण गर्न महानगरपालिकाबाट संघ संस्थालाई आह्वान

कुकुर र बिरालोलाई भ्याक्सिन तथा बन्ध्याकरण गर्न महानगरपालिकाबाट संघ संस्थालाई आह्वान
अ+ अ-

काठमाडौँ । काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरभित्र रहेका सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप (भ्याक्सिनेसन) गर्न इच्छुक संघसंस्थाहरूलाई आवेदन दिन आह्वान गरेको छ ।

इच्छुक संस्थाले १५ दिनभित्र महानगरको कृषि तथा पशुपन्छी विभागमा सम्पर्क गरी आवेदन पेस गर्नुपर्ने जनाएको छ । महानगरले बन्ध्याकरण तथा खोप भ्याक्सिनेसनको दर प्रति गोटा २ हजार ५ सय रुपैयाँ तोकेको छ ।

आवेदन पेस गर्न चाहने संस्थाले आफ्नो विधान र दर्ता प्रमाणपत्रको प्रतिलिपि, काठमाडौँ महानगरपालिकाको मौजुदा सूचीमा सूचीकृत भएको प्रमाणपत्र, कुकुर र बिरालो बन्ध्याकरणसम्बन्धी अघिल्लो अनुभवका प्रमाणपत्र, पशु चिकित्सकको प्रमाणपत्र, पशु ओसारपसारका लागि प्रयोग हुने सवारी साधन, सेल्टर र बन्ध्याकरण कक्ष भएको प्रमाण, भाडामा भए सम्झौता पत्र तथा बन्ध्याकरणका लागि आवश्यक सामग्रीको व्यवस्था सम्बन्धी कागजात पेश गर्नुपर्नेछ ।

यस्ता संस्थाहरूले पेस गरेको सेवा उपलब्ध गराउने पूर्वाधार मूल्याङ्कन गरी अन्तिम छनोट गरिने र छनोट भएका संस्थासँग सम्झौता गरेर कार्यादेश दिइने कृषि तथा पशुपन्छी विभागका पशु चिकित्सक डा। पूजा खनालले जानकारी दिनुभयो । उहाँका अनुसार, छनोट भएका संस्थाले कार्य राम्ररी सम्पादन गरेको वा नगरेको विषयमा नियमित अनुगमन गरिनेछ ।

महानगरले बर्सेनि सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा खोप भ्याक्सिनेसन गर्दै आएको छ । आर्थिक वर्ष ०८०/०८१ मा ५५ सय कुकुर र बिरालोको बन्ध्याकरण गरिएको र १६ हजार वटामा रेबिजविरुद्धको खोप लगाइएको थियो । त्यस्तै आर्थिक वर्ष ०८१/०८२ मा ६ सय ७० बन्ध्याकरण र १६ हजार ५ सय ६९ रेबिजविरुद्धको खोप भ्याक्सिनेसन गरिएको खनालले जानकारी दिनुभयो ।