२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा निकट युवा विद्यार्थीद्वारा पत्रकार र विद्यार्थीलाई सहयोग



अ+ अ-

काठमाडौ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र युवा संगठनका नेताहरूले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा प्रतिकुल परिस्थितिमा पनि अनवरत सडकमा क्रियाशील पत्रकारलाई मास्क, सेनिटाइजर पञ्जा लगायतका सामग्री र विद्यार्थीलाई खाद्यान्न उपलब्ध गराएका छन् ।

युवा संगठनका उपाध्यक्ष कैलाश कटुवाल, सचिव हिकमत जङ्ग कार्की र काठमाडौं जिल्ला अध्यक्ष रिद्धि प्रताप राणा आज स्वास्थ्य प्रोटोकललाई ध्यान दिदै तिलगंगा स्थित नेपाल पत्रकार महासंघको कार्यालय पुगी सभापति गोविन्द आचार्यलाई २०० थान सर्जिकल मास्क, २० थान एन-९५ मास्क, ५० बोतल स्यानिटाइजर र २५० थान सर्जिकल ग्लोभ्स उपलब्ध गराएका हुन् । सो अवसरमा संगठनका उपाध्यक्ष कटुवालले कोरोना भाइरसको संक्रमणको त्रासका बीच पनि नेपाली सञ्चारकर्मीले जनतालाई सुसूचित गर्न कुनै कसर बाँकी नराखी अनवरत क्रियाशील भएकोमा प्रसन्नता र प्रशंसा गरेका छन् । सचिव कार्कीले ज्यानको बाजि राखेर जतिसुकै संकटको घडीमा पनि पत्रकारले सुचना प्रवाहमा गरेको योगदानको जति प्रशंसा गरेपनि कम हुने बताएका छन् । आम नागरिक लकडाउनको बेला घरमा बसेर समाचार हेर्ने, सुसूचित हुने, विश्लेषण गर्ने गर्छौ( कार्कीले भने यसका पछाडि पत्रकारको कैयन दुस्ख, कष्ट र मिहिनेत हुन्छ त्यो अन्दाज गर्न सक्छौं, त्यसैले जिम्मेवार नागरिकको रुपमा महासंघ मार्फत फिल्डमा खटिएका सञ्चारकर्मीलाई आफूहरूको तर्फबाट सहयोग गरेको बताएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन र राप्रपा निकट गैह्र सरकारी संस्था समन्वय विभागले आज विभिन्न जिल्लाबाट अध्ययनका लागि काठमाडौंको बिजेश्वरी होस्टेल ,किर्तिपुर पाँगा दोबाटो, पाँगा बसपार्क , नयाँबजार, बल्खु लगायतका स्थानमा डेरा गरि बसेका बिद्यार्थीलाई खाद्यान्न लगायतका आवश्यक सामग्री उपलब्ध गराएका छन् ।

विभागकी प्रमुख कुन्ती पोखरेल, राप्रविसंका अध्यक्ष महेश बहादुर सिंह, महासचिब जनक फडेरा लगायतको टोली विभिन्न स्थानमा पुगी लकडाउनका कारण कष्टमा रहेका विद्यार्थीलाई सहयोग गरेका हुन् । गैर सरकारी विभाग प्रमुख पोखरेलले सहयोग सामग्री जुटाएको र राप्रबिसंले सहयोग वितरण कार्यमा समन्वय गरिरहेको छ । सहयोग वितरणलाई निरन्तरता दिने र आफूहरू अप्ठ्यारोमा परेका विद्यार्थीहरुलाइ सहयोग गर्न तत्पर रहने संगठनका अध्यक्ष सिंहले जानकारी दिएका छन् ।