१३ असार २०८३, शनिबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना रोकथामका लागि भौतिक मन्त्रालयले सातै प्रदेशलाई १३ लाख उपलब्ध गराउने



अ+ अ-

काठमाण्डौ । निर्माण व्यवसाय विकास परिषद्ले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशलाई १३ लाखको दरले रकम उपलब्ध गराउने भएको छ ।
परिषदका अध्यक्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश स्तरिय कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

नेपाल निर्माण व्यवसायी महासंघ, निर्माण व्यवसायसंग सम्बन्धीत मन्त्रालय तथा निकायहरुको प्रतिनिधीत्व रहने परिषदले सामान्यतय निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि, तालिम लगायतका काम गर्छ ।

अहिले कोरोना भाइरसका कारण मुलुक नै संकटमा रहेकाले यसको रोकथामका लागि परिषदको कोषबाट प्रदेशलाई रकम उपलब्ध गराउन लागिएको भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले बताउनु भयो । उहाँले भन्नु भयो अहिले कोरोना भाइरसका कारण विश्व नै अप्ठ्यारो परिस्थितिमा छ । सिंगो राज्य नै यो भाइरस विरुद्धको लडाइमा छ । बाँच्नु र बचाउनु पहिलो प्राथमिकता भएकाले औषधी, उपकरण खरिद र उपचारका लागि प्रदेशहरुलाई रकम उपलब्ध गराइएको हो ।

परिषद्को गत चैत ५ गते बसेको बैठकका निर्णय अनुसार कोरोना भइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा यस अघि नै १ करोड रुपैयाँ उपलब्ध गराई सकेको छ ।