काठमाडौँ । प्रहरीले नेकपा एमालेका पोलिट ब्युरो सदस्य महेश बस्नेतसँग सोधपुछ गरेको छ ।
साइबर क्राइमको आरोप लागेका बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको हो ।
बुधबार बिहान उनीसँग बयान लिन थालिएको ब्युरोका एसपी दीपकराज अवस्थीले बताए ।
शोभा पाठकले बस्नेतविरुद्ध उजुरी दिएकी थिइन् । जेनजी प्रदर्शनपछि बस्नेतले आफूलाई संकेत गरेर महिला केन्द्रित अपशब्द लेखेको र महेश बस्नेत फ्यान क्लबमा पनि अनर्गल कुराहरू लेखिएको भन्दै पाठकले उजुरी दिएकी थिईन् ।
यसबारे अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले असोज ५ मा ब्युरोलाई निर्देशन दिएको थियो ।










