२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन र सुधनविरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीमा जाँदै अखिल



अ+ अ-

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध किटानी जाहेरी दिने प्रयाससँगै सो पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले काउन्टर दिने तयारी गरेको छ ।

अखिलका नेताहरू काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङविरुद्ध किटानी जाहेरी दर्ता गर्न काठमाडौं प्रहरी परिसर पुग्ने तयारीमा छन् । अखिलको केन्द्रीय नेतृत्वको बैठकले उक्त निर्णय गरेको स्रोतले जनाएको छ ।

संगठनले सिंहदरबारलगायतका सरकारी संरचनामा आगजनी, निजी सम्पत्तिको ध्वंस र प्रहरीको हत्या जस्ता घटनामा बालेन र सुधनको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउँदै जाहेरी दर्ता गर्ने तयारी गरेको हो ।

आज साँझ ५ बजेसम्म किटानी जाहेरी दर्ता गराउने तयारी भइरहेको बताइएको छ ।