१३ असार २०८३, शनिबार
,
Latest
डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट बेलायतमा फेरि अर्का एक नेपालीको मृत्यु



अ+ अ-

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा फेरि अर्का एक नेपालीको ज्यान गएको दुःखद समाचार छ । बेलायतको स्वीन्डलमा बस्दै आएका भूपू क्विन्स गोर्खा याम बहादुर मल्लको निधन भएको हो ।

उनको शनिबार बिहान कोरोना संक्रमणका कारण निधन भएको पुष्टि भएको हो । स्वास्थ्यस्थिति कमजोर हुदै गएपछि उनलाई चार दिन अगाडि स्वीन्डनस्थित ग्रेट वेष्टर्न हस्पिटलमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको सोही हस्पिटलमा शनिबार बिहान करिब तीन बजेतिर मृत्यु भएको समाजसेवी एवं क्षेत्री समाज बेलायतका अध्यक्ष राजन कुमार क्षेत्रीले जानकारी दिए ।

उनलाई ज्वरो आउने, रुघाखोकी, डाइरिया तथा बमिटिंग लगायतको समस्या उत्पन्न भएपछि हस्पिटल लागिएको र ४८ घण्टापछि कोरोनाको पुष्टि भएको क्षेत्रीले बताए ।

सन् २००४ देखि आफ्ना छोरा बुहारीका साथ बेलायतको स्वीन्डनमा बस्दै आएका मल्लको घर स्याङ्जा जिल्लाको वालिङ हो ।