२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट बेलायतमा फेरि अर्का एक नेपालीको मृत्यु



अ+ अ-

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा फेरि अर्का एक नेपालीको ज्यान गएको दुःखद समाचार छ । बेलायतको स्वीन्डलमा बस्दै आएका भूपू क्विन्स गोर्खा याम बहादुर मल्लको निधन भएको हो ।

उनको शनिबार बिहान कोरोना संक्रमणका कारण निधन भएको पुष्टि भएको हो । स्वास्थ्यस्थिति कमजोर हुदै गएपछि उनलाई चार दिन अगाडि स्वीन्डनस्थित ग्रेट वेष्टर्न हस्पिटलमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको सोही हस्पिटलमा शनिबार बिहान करिब तीन बजेतिर मृत्यु भएको समाजसेवी एवं क्षेत्री समाज बेलायतका अध्यक्ष राजन कुमार क्षेत्रीले जानकारी दिए ।

उनलाई ज्वरो आउने, रुघाखोकी, डाइरिया तथा बमिटिंग लगायतको समस्या उत्पन्न भएपछि हस्पिटल लागिएको र ४८ घण्टापछि कोरोनाको पुष्टि भएको क्षेत्रीले बताए ।

सन् २००४ देखि आफ्ना छोरा बुहारीका साथ बेलायतको स्वीन्डनमा बस्दै आएका मल्लको घर स्याङ्जा जिल्लाको वालिङ हो ।