४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

वैशाख १ देखि असोज २० सम्म विपद्बाट ३ सय बढीको मृत्यु, ३३ बेपत्ता, ८ हजार बढी परिवार प्रभावित

वैशाख १ देखि असोज २० सम्म विपद्बाट ३ सय बढीको मृत्यु, ३३ बेपत्ता, ८ हजार बढी परिवार प्रभावित
अ+ अ-

काठमाडौँ । २०८२ सालमा सरदर भन्दा बढी वर्षा हुने अनुमान मौसमविद्हरुले गरेका थिए । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार वर्षा यामका अन्य महिना भन्दा असोज महिनमा अत्याधिक वर्षा भयो । देशभरका पाँच स्थानमा वर्षाले रेकर्ड ब्रेक ग¥यो । इलामको इलाम गाउँ, इलामकै इलाम टि—स्टेट, पर्साको वीरगञ्ज र रौतहटको गौरमा अति उच्च वर्षा भयो ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार गत असोज १७ र १८ गतेको भीषण वर्षाले हिमाली गाउँको यसअघिको वर्षाको रेकर्ड ब्रेक गरेको हो । यसअघि हिमाली गाउँमा ३ सय २० दशमलव ६ मिलिमिटर वर्षा भएको थियो ।

तर यस वर्ष भने ३ सय ३२ दशमलव ६ मिलिमिटर वर्षा भयो । दोस्रो धेरै वर्षा भएको स्थान रौतहटको गौर हो । गौरमा यसअघि ३ सय १ दशमलव ५ मिलिमिटर वर्षा भएकोमा यस वर्ष ३ सय १५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै धेरै वर्षा हुने स्थानको तेस्रो सूचिमा पर्साको वीरगञ्ज परेको छ । वीरगञ्जमा यस वर्ष २ सय ९४ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । यसअद्धि वीरगञ्जमा २ सय ७३ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । त्यस्तै इलामकै इलाम टि—स्टेटमा २ सय ८० मिलिमिटर वर्षा भएको छ । यसअघि त्यहाँ २ सय ७३ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । यि चार वटै स्थानमा विगतको तुलनामा वर्षाले नयाँ रेकर्ड ब्रेक गरेको हो ।

८ हजार ५ सय ९५ परिवार प्रभावित
यस वर्षको वैशाख १ गतेदेखि असोज २० गतेसम्म विपद् सम्बन्धी ४ हजार १ सय ६४ वटा घटना भएका छन् । जसमा ३ सय ८ जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन् । त्यस्तै घाईते १ हजार १ सय १३ जना रहेका छन् भने ८ हजार ५ सय ९५ परिवार प्रभावित भएका छन् ।

बाढीबाट ३१ जनाको गयो ज्यान
वैशाख १ गतदेखि असोज २० गतेसम्मको विपद्मा बाढीका ३ सय ७ वटा घटनामा ३१ जनाको मृत्यु भएको छ । त्यस्तै २३ जना बेपत्ता र १५ जना घाईते भएका छन् । बाढीबाट ३ हजार २ सय ९७ परिवार प्रभावित बनेका छन् ।

पहिरोका घटना ५ सय ३९ वटा
वैशाख १ गतदेखि असोज २० गतेसम्म पहिरोका घटना ५ सय ३९ रहेका छन् भने ६५ जनाको मृत्यु भएको छ । ९ जना बेपत्ता र ७७ जना घाईते भएका छन् भने ७ सय ५७ परिवार प्रभावित बनेका छन् ।

भारी वर्षाका ४०१ घटना
वैशाख १ गतदेखि असोज २० गतेसम्म भारी वर्षाका घटना ४०१ वटा रहेका छन् । जसबाट ७ जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएका छन् । ९ सय ७८ परिवार प्रभावित बनेका छन् ।

चट्याङबाट ४५ जनाले ज्यान गुमाए
यस अवधिमा चट्याङबाट ४५ जनाले ज्यान गुमाएका छन् । ३ सय ४६ वटा घटनाबाट २ सय ५६ जना घाईते भएका छन् । त्यस्तै ४ सय २५ परिवार प्रभावित भएका छन् ।

सर्पदंशबाट ८७ जनाको मृत्यु
यस अवधिमा सर्पदंशका ४ सय ३९ वटा घटना भएका छन् । जसबाट ८७ जनाले ज्यान गुमाएका छन् भने ३ सय ५६ जना घाईते भएका छन् भने ४ सय ४५ परिवार प्रभावित भएका छन् ।

आगलागीका १ हजार ३ सय ८७ घटना
२०८२ को वैशाख १ गतदेखि असोज २० गतेसम्म आगलागीका १ हजार ३ सय ८७ घटना भएका छन् । जसबाट २४ जनाको ज्यान गएको छ भने १ सय ९१ जना घाईते भएका छन् । त्यस्तै १ हजार ५ सय १० परिवार प्रभावित बनेका छन् ।

डढेलोका १ सय ५८ घटना 
यस अवधिमा वन—डढेलोका १ सय ५८ वटा घटना भएका छन् । जसबाट २ जना घाईते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् ।

हावाहुरीका कारण ८ जनाले ज्यान गुमाए
सरकारकाअनुसार यस अवधिमा हावाहुरीबाट ज्यान गुमाउनेहरुको संख्या आठ रहेको छ । २ सय ८५ घटनामा ४४ जना घाईते भएका छन् । त्यस्तै ५ सय ४२ परिवार प्रभावित बनेका छन् ।

जनावर आक्रमणबाट २२ जनाको मृत्यु
यस अवधिमा जनावरको आक्रमणबाट मृत्यु हुनेको संख्या २२ रहेको छ । २ सय ३८ जनावर आक्रमणका घटनामा १ जना बेपत्ता र १ सय ८ जना घाईते भएका छन् । जनावर आक्रमणको घटनाबाट ३ सय ९५ परिवार प्रभावित छ ।

लेक लागेर १९ जनाको मृत्यु
२०८२ को वैशाख १ गतदेखि असोज २० गतेसम्म लेक लागेर १९ जनाको मृत्यु भएको छ । ६१ वटा घटनामा ४५ जना घाईते भएका छन् । लेक लागेर प्रभावित हुने परिवारको संख्या ५९ रहेको छ । ढुंगा पल्टिएर प्रभावित हुने परिवारको संख्या ५ रहेको छ भने २ वटा घटना भएका छन् । १ जना घाईते भएका छन् । त्यस्तै महामारीको घटना एउटा मात्रै छ । महामारीबाट १ सय ५५ परिवार प्रभावित छ ।

असोज १९ गते विपद्जन्य घटनाबाट ५३ जिल्ला प्रभावित 
असोज १९ गते बिहान १० बजेदेखि २० गते बिहान १० बजेसम्म मात्रै बाढीबाट १५ जिल्ला प्रभावित बनेका छन् । ३९ वटा घटनामा एक जना बेपत्ता छन् भने ५ सय ५७ जनाको उद्धार भएको छ । ३ सय ७८ जना प्रहरी परिचालन गरिएको छ । त्यस्तै पहिरोबट १२ वटा जिल्ला प्रभावित भए । २१ वटा घटनामा १ जनाको मृत्यु भयो भने ३ जना घाईते भए । ३ सय १४ जना प्रहरी परिचालन गरिएको छ । त्यस्तै अविरल वर्षाबाट ५ जिल्ला प्रभावित थिए । ८ वटा घटनामा १ जनाको मृत्यु भयो भने १ घाईते र २१ जनाको उद्धार गरिएको छ । यस अवधिमा ५३ जिल्ला प्रभावित बने भने ९४ वटा घटनामा ४ जनाको मृत्यु भयो । त्यस्तै १ जना बेपत्ता भए भने १७ जना घाईते भएका छन् । यस अवधिमा ५ सय ७८ जनाको उद्धार गरिएको र ९ सय जना प्रहरी परिचालन भएको छ । यस अवधिमा १९ वटा पशुचौपायाको क्षति भएको छ भने १८ वटा सडक अवरोध र ६१ लाख ४३ हजार ५ सय अनुमानित क्षति भएको छ ।