४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

इजरायल र हमासबीचको पहिलो वार्ता सकारात्मक, विपिन जोशी रिहा हुने आशा

इजरायल र हमासबीचको पहिलो वार्ता सकारात्मक, विपिन जोशी रिहा हुने आशा
अ+ अ-

काठमाडौँ । इजरायलले मङ्गलबार सन् २०२३ अक्टोबर ७ को भीषण हमास आक्रमणको दोस्रो वार्षिकोत्सव मनाउँदैछ । यसैबीच, अमेरिकाको प्रस्तावित शान्ति योजनाअन्तर्गत इजरायल र हमासका प्रतिनिधिहरू गाजा युद्ध अन्त्यका लागि इजिप्टमा अप्रत्यक्ष वार्तामा संलग्न भएका छन् ।

नेपालका विपिन जोशीसहितका बन्धकहरूको रिहाइलाई पहिलो शर्तका रूपमा अघि सारिएको वार्तामा इजरायल र हमासका प्रतिनिधिहरू एउटै कोठामा उपस्थित थिएनन् । इजिप्ट र कतारका मध्यस्थहरूले दुबै पक्षबीच सन्देश आदानप्रदान गर्दै वार्ता अघि बढाएका थिए । अमेरिकी अधिकारीहरू पनि अप्रत्यक्ष रूपमा वार्तामा संलग्न रहेको बताइएको छ ।

दुई वर्षअघि यहुदी पर्व सुक्कोटको अन्त्यमा हमासका लडाकूहरूले इजरायलमाथि आकस्मिक आक्रमण गरेका थिए । उक्त आक्रमणले इजरायलको इतिहासमै सबैभन्दा घातक दिन बनायो । लडाकूहरूले गाजा–इजरायल सीमा पार गरी दक्षिणी इजरायलका बस्तीहरू र मरुभूमि सङ्गीत महोत्सवमा बन्दुक, रकेट र ग्रेनेडले आक्रमण गरेका थिए ।

आधिकारिक तथ्याङ्कअनुसार उक्त आक्रमणमा एक हजार २१९ जना इजरायलीको मृत्यु भयो, जसमा अधिकांश नागरिक थिए । साथै, २५१ जना बन्धकलाई गाजामा लगिएको थियो, जसमा अझै ४७ जना कैदी छन् । तीमध्ये २५ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

मङ्गलबार इजरायलभर स्मरण समारोहहरू आयोजना भएका छन् । नोभा सङ्गीत महोत्सवको स्थलमा मारिएका व्यक्तिहरूका आफन्त र मित्रहरूले मैनबत्ती बालेर श्रद्धाञ्जलि अर्पण गरे र मौन धारण गरे । त्यहाँ ३७० भन्दा बढी मानिस मारिएका थिए ।

शिक्षक एलाड गान्जले एएफपीसँग भावुक हुँदै भन्नुभयो, “यो अत्यन्त पीडादायी घटना हो, तर हामी जीवन अगाडि बढाउन चाहन्छौँ । जो यहाँ थिए र अब छैनन्, तिनीहरूको सम्झनासँगै बाँच्ने प्रयास गरिरहेका छौँ ।”

तेल अभिवको ‘होस्टेज स्क्वायर’ मा पनि कार्यक्रम आयोजना हुँदैछ । त्यहाँ साप्ताहिक रूपमा बन्धकहरूको रिहाइको माग भइरहन्छ । यस्तै, राज्यद्वारा आयोजित मुख्य स्मरणोत्सव अक्टोबर १६ मा तय गरिएको छ ।

युद्ध जारी रहँदा गाजामा इजरायली हवाई, स्थल र समुद्री आक्रमणले ठूलो विनाश मच्चाएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले कम्तीमा ६७ हजार १६० जनाको मृत्यु भएको दाबी गरेको छ । यो आँकडालाई संयुक्त राष्ट्रसङ्घले पनि विश्वसनीय मानेको छ । मृतकमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको बताइएको छ ।

घर, अस्पताल र विद्यालय ध्वस्त भएका छन् । लाखौँ गाजाबासी भीडभाडयुक्त शिविर र खुला स्थानमा अत्यन्त कम खाना, पानी र सरसफाइका बीच बाँच्न विवश छन् ।

जबालियाकी विस्थापित हनान मोहम्मद (३६)ले भन्नुभयो, “हामीले यो युद्धमा सबै गुमायौँ — घर, परिवार र भविष्य । अब शान्ति र युद्धविरामबाहेक अरू केही चाहिँदैन ।”

इजरायलको राष्ट्रिय सुरक्षा अध्ययन संस्थानको सर्वेक्षणअनुसार ७२ प्रतिशत इजरायली नागरिक युद्ध व्यवस्थापनप्रति असन्तुष्ट छन् ।

– शान्तिको खोजी र कठिन वार्ता –

युद्धका क्रममा इजरायलले आफ्नो सैन्य दायरालाई क्षेत्रीय रूपमा विस्तार गर्दै इरानसहित पाँच राजधानीहरूमा हवाई आक्रमण गरेको छ । हमासका धेरै वरिष्ठ नेता र हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको हत्या गरिएको दाबी पनि इजरायलले गरेको छ ।

दुई वर्ष लामो द्वन्द्वपछि दुवै पक्षमाथि अन्तर्राष्ट्रिय दबाब बढेको छ । संयुक्त राष्ट्रसङ्घको अनुसन्धानले इजरायलमाथि नरसंहारको आरोप लगाएको छ भने अधिकार समूहहरूले अक्टोबर ७ को आक्रमणमा हमासमाथि युद्ध अपराधको आरोप लगाएका छन् । दुवैले यी आरोप अस्वीकार गरेका छन् ।

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे शान्ति योजना प्रस्तुत गर्नुभएको थियो । उक्त योजनाअनुसार हमासले सबै बन्धकहरूलाई रिहा गर्ने, समूह निःशस्त्र हुने र इजरायली सेना क्रमिक रूपमा गाजाबाट फर्कने सर्तमा युद्धविराम लागू गरिने प्रस्ताव गरिएको छ ।

सोमबारदेखि इजिप्टको शार्म अल–शेखमा सुरु भएको अप्रत्यक्ष वार्तामा अमेरिकी, इजिप्टेली र कतारी मध्यस्थहरू संलग्न छन् । इजिप्टको अल–काहेरा न्युजका अनुसार वार्ता बन्धक–कैदी आदानप्रदान र युद्धविरामको ‘धरातलीय तयारी’ मा केन्द्रित छ ।

हमास–नजिकका स्रोतका अनुसार अक्टोबर ७ को वार्षिकोत्सवको पूर्वसन्ध्यामा सुरु भएको वार्ता केही दिनसम्म चल्नेछ । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताकारहरूलाई ‘छिटो प्रगति गर्न’ आह्वान गर्दै भन्नुभएको छ, “हामी सम्झौताका नजिक छौँ, धेरै सद्भाव देखिएको छ ।”

तर विश्लेषकहरूले दुवै पक्षले योजना स्वागत गरे पनि यसको कार्यान्वयनमा सहमति प्राप्त गर्नु अत्यन्त कठिन हुने चेतावनी दिएका छन् ।

इजरायल र हमासबीच अघिल्ला दुई युद्धविरामले केही बन्धकहरूको रिहाइ सम्भव बनाएको थियो । तथापि, इजरायली सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमीरले चेतावनी दिनुभएको छ, “यदि यी वार्ताहरू असफल भए, हाम्रो सेना फेरि गाजामा लडाइँमा फर्किनेछ ।”

इजरायली सञ्चारमाध्यमका अनुसार हमासले युद्धविरामका लागि केही मानवीय सर्तहरू अघि सारेको छ । तीमध्ये मुख्य मागहरूमा— इजरायली सेनाले गाजाको उत्तरी भागबाट फिर्ता हुनुपर्ने, नाकाबन्दी खुकुलो पारिनुपर्ने, र अस्पताल तथा राहत संरचनामाथिको आक्रमण रोकिनुपर्ने उल्लेख छन् ।