४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

युद्धविराम वार्ताका लागि इजरायल र हमासका प्रतिनिधि इजिप्टमा

युद्धविराम वार्ताका लागि इजरायल र हमासका प्रतिनिधि इजिप्टमा
Palestinians carry sacks of flour unloaded from a humanitarian aid convoy that reached Gaza City from the northern Gaza Strip, Saturday, July 26, 2025. (AP Photo/Jehad Alshrafi)
अ+ अ-

कायरो। राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न वार्ताकारहरूलाई ‘छिटो अघि बढ्न’ आग्रह गरेसँगै हमास, इजरायल र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिहरू सोमबार इजिप्टमा वार्ताका लागि भेला भएका छन्।

इजरायली जेलमा राखिएका प्यालेस्टिनीहरूको बदलामा गाजामा लडाइँ अन्त्य गर्ने र बन्दीहरूलाई रिहा गर्ने ट्रम्पको प्रस्तावमा हमास र इजरायल दुवैले सकारात्मक प्रतिक्रिया दिएका छन्।

वार्ताकारहरूले अप्रत्यक्ष वार्ताबाट आगामी छलफलका बिषयहरू ट्ङ्गो लगाउने आशा गरेका छन्। स्मरण रहोस्, सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि हमासले आक्रमण गरेको थियो भने यसको ठीक दुई बर्ष पछि युद्धविराम वार्ताका लागि मिति तय गरिएको छ।

ट्रम्पको योजनामा हमासको निशस्त्रीकरणको परिकल्पना गरिएको भएपनि लडाकू समूहले यसलाई स्वीकार गर्ने सम्भावना कम देखिएको छ तर अन्य बुँदाहरूमा युद्धरत दुवै पक्ष सकारात्मक देखिएका छन्।

प्रस्तावमा गाजा पट्टीबाट इजरायली सेनालाई पूर्ण रूपमा फिर्ता गर्ने पनि व्यवस्था छ तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धकहरूको रिहाइलाई सुरक्षित गर्दै ‘भित्र’ सेनाहरू पुनः तैनाथ गर्ने बताएका छन्।

इस्लामिक समूहले रिहाइका लागि प्रस्ताव गरेका प्यालेस्टिनी कैदीहरूको नामलाई लिएर यसअघिका चरणको वार्ता पनि रोकिएको थियो।

गत महिना दोहामा इजरायली आक्रमणमा समूहका अन्य नेताहरूसँग लक्षित भएका हमासका प्रमुख वार्ताकार खलिल अल–हयाले सोमबार कायरोमा इजिप्ट र कतारका मध्यस्थकर्ताहरूसँग भेट गर्ने कार्यक्रम रहेको समूहका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताए।

अधिकारीहरूले कडा सुरक्षामा बन्द ढोकाभित्र भइरहेको वार्ताको रसदको बारेमा थोरै विवरण दिएका छन्। वार्ताले ‘अस्थायी युद्धविरामको मिति निर्धारण गर्ने’ प्रयास गर्ने हमासका अधिकारीले बताएका छन्।

साथै वार्ताले योजनाको पहिलो चरणको लागि अवस्था सिर्जना गर्नेछ, जसमा गाजामा राखिएका ४७ बन्धकहरूलाई सयौँ प्यालेस्टिनी बन्दीहरूको बदलामा रिहा गरिनेछ। (रासस/एएफपी