४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

जेनजी आन्दोलनमा भाइरल बनेका युवा आफ्नै आमाको हत्या अभियोगमा पक्राउ

जेनजी आन्दोलनमा भाइरल बनेका युवा आफ्नै आमाको हत्या अभियोगमा पक्राउ
अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा प्रहरीसँग सामना गर्दै भाइरल बनेका एक युवा आमाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले आफ्नी आमा ५५ वर्षीया राममाया कँडेलको हत्या गरेको अनुसन्धानमा पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार राति यमबहादुरले धारिलो हतियार प्रयोग गरी आमाको हत्या गरेका हुन् । घटनास्थलबाट प्रयोग गरिएको हतियार बरामद गरिएको र उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी भेषराज रिजालले जानकारी दिए ।

आमाको हत्या भएको घटनाले गाउँ स्तब्ध भएको छ । यमबहादुर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका भिडिओहरूमा प्रहरीसँग वादविवाद गर्दै भाइरल भएका थिए ।

उनी भिडिओमा “मेरो आँखामा डर छ ? ल हेर्नुस् म डराएको छु ? मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन ” भन्ने संवाद बोलेर चर्चामा आएका थिए । तर, आमाको हत्या गरेको समाचार बाहिर आएपछि उनी पुनः चर्चामा आएका छन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।