१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक पूर्वाधारमन्त्री घिसिङ र गृहमन्त्री अर्याल इलाम जाँदै



अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल आज पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न इलाम जाँदै छन् ।

मौसम अनुकूल भएमा मन्त्रीहरु घिसिङ र अर्याल इलाम जाने भएका हुन् । इलाममा हिजो गएको पहिरोमा ३७ जनाको मृत्यु भएको छ ।

शोकाकुल बनेका इलामका जनतालाई भेट गरी त्यहाँको अवस्था बुझ्न मन्त्रीहरु जाने भएका हुन् ।

काठमाडौंबाट झापाको भद्रपुरसम्म नियमित उडानको हवाईजहाजमा र भद्रपुरबाट इलाममा हेलिकप्टरबाट जाने तयारी छ ।

पहिरोले इलाममा ३७ जनाको मृत्यु भइसकेको छ । राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरु भत्किएर क्षतविक्षत भएका छन् ।