काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन तयारीका लागि सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।
सचिवालय सदस्य हरिबोल गजुरेलका अनुसार बैठकमा महाधिवेशनको मिति टुंग्याउने, प्रतिनिधि छनोट लगायतका विषयमा छलफल हुनेछ ।
यसअघि असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम साताभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यस्तै प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको छ ।
माओवादी केन्द्रले यसअघि पूर्वपदाधिकारीहरुलाई सचिवालयमा रूपान्तरण गरेर आगामी महाधिवेशनलाई लक्षित गर्दै संगठनात्मक तयारी अघि बढाइरहेको छ ।










