३१ श्रावण २०८३, आईतवार
,
Latest
राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा ५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउँनु हुँदैन: सेढाई देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल ला लिगाको शीर्ष स्थानमा उक्लियो



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ ।

गएराति भएको खेलमा रियलले भिल्लारियलमाथि ३–१ को जित निकालेको हो । रियललाई जित दिलाउन भिनिसियस जुनियरले २ तथा किलियन एमबाप्पेले १ गोल गरे । भिल्लारियलका जर्ज मिकाटाड्जेले एक गोल फर्काए ।

४७ औं मिनेटमा भिनिसियसको गोलबाट रियलले सुरुवाती अग्रता लिएको थियो । ६९ औं मिनेटमा भिनिसियसले नै पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ७३ औं मिनेटमा मिकाटाड्जेले गोल फर्काउँदै भिल्लारियललाई १–२ को अवस्थामा ल्याए । ७७ औं मिनेटमा सान्टियागो मोरीनोले रातो कार्ड पाएपछि भिल्लारियल १० खेलाडीमा समेटियो ।

८१ औं मिनेटमा एम्बाप्पेले गोल थप्दै रियललाई ३–१ को जित दिलाए । जितसँगै रियल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसको ८ खेलबाट २१ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको एक खेल कम खेल्दै १९ अंक छ । भिल्लारियल भने ८ खेलबाट १६ अंकका साथ तेस्रो स्थानमा छ ।