आज महानवमी । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) नेपालीहरुको घर आँगनमा आइसकेको छ । कर्मथलो बनाइरहेकाहरु अहिले गाउँ फर्किएसँगै काठमाडौं उपत्यकासहित शहरुहरु सुनसान छन् । घमाइलो घाम लागेको छ ।
हिमालहरु टल्किएका छन् । शहरका चोक चोकमा लिङ्गे पिङ मच्चिएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म दशैँमा रमाइरहेका छन् । समग्रमा भन्दा दशैँ घमाइलो बन्दै गइरहेको छ ।
आकाश खुला छ, सडक सुनसान र धुवाँधुलोरहित बनेका छन् । उज्यालो आकाशमुनि काठमाडौंवासीहरु आनन्द महशुस गरिरहेका छन् । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गर्नुभएका खुलेको काठमाडौंका केही तस्बिरहरु ।











