१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसभामुखद्वय र राष्ट्रियसभा अध्यक्षले फिर्ता गरे सरकारी सवारी साधन



अ+ अ-

काठमाडौं । पूर्वसभामुखहरु कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानूनविपरीत सवारी साधन सुविधा फिर्ता गर्नुभएको छ ।

सरकारले कानूनविपरीत सवारी साधन सुविधा लिएका पूर्वविशिष्ट पदाधिकारीलाई फिर्ता गर्न सूचना जारी गरेपछि उहाँहरुले फिर्ता गर्नुभएको हो । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक संञ्जाल मार्फत उहाँहरुले सवारी साधन सुविधा फिर्ता गर्नुभएको जानकारी दिनु भएको छ ।

उहाँले लेख्नुभएको छ- कानुनमा सवारी साधन सुविधा दिने प्रबन्ध नभएको तर लिइरहनु भएका पूर्व सभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरू मध्ये कृष्ण बहादुर महराज्यू, ओनसरी घर्तिज्यू र गणेशप्रसाद तिमिल्सिनाज्यूले सवारी साधन फिर्ता गर्नु भएको आधिकारिक जानकारी प्राप्त भएको छ।