२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनहास नयाँ बिसिसिआई अध्यक्ष



अ+ अ-

एजेन्सी । भारतका पूर्व घरेलु क्रिकेटर तथा प्रशासक मिथुन मनहास आइतबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) का नयाँ अध्यक्षमा सर्वसम्मतिले निर्वाचित भएका छन् ।

मुम्बईमा सम्पन्न बोर्डको वार्षिक साधारण सभापछि मनहासलाई औपचारिक रूपमा अध्यक्ष घोषणा गरिएको हो । उनले ७० वर्षको अनिवार्य सेवानिवृत्तिमा पुगेका रोजर बिन्नीलाई प्रतिस्थापन गरेका हुन् । उपाध्यक्षमा राजीव शुक्ला र सचिवमा देवजित साइकिया निर्वाचित भए ।

४५ वर्षीय मनहासले भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् । तर दिल्लीको तर्फबाट खेल्दा उनले १५७ प्रथम श्रेणी म्याचमा ४५.८२ औसतसहित नौ हजार ७१४ रन बनाएका थिए ।

उनको समय भारतीय महान खेलाडीहरू सचिन तेन्दुलकर, राहुल द्रविड, सौरभ गाङ्गुली र भिभिएस लक्ष्मणको युगसँग मेल खाएको थियो । त्यसैले राष्ट्रिय टोलीमा प्रवेश गर्ने मौका सीमित रह्यो । दिल्ली टोलीमा समेत उनी वीरेन्द्र सेहवाग र गौतम गम्भीरको छायाँमा परे, तर ती दुई स्टार प्रायः राष्ट्रिय कर्तव्यमा व्यस्त हुने भएकाले मनहासले धेरै पटक टोलीको नेतृत्व गरे ।

इन्डियन प्रिमियर लिग (आइपिएल)मा उनले ५० भन्दा बढी खेल खेले । खेल जीवनपछि भने उहाँ क्रिकेट प्रशासनमा चम्किए । उनले विशेषगरी जम्मु र काश्मीर क्रिकेट सङ्घको निर्देशक रहँदा आधारभूत स्तरको विकासमा योगदान दिए ।

भारतमा क्रिकेटको अपार लोकप्रियताले बिसिसिआईलाई प्रायोजन र टेलिभिजन सम्झौताबाट विश्वकै धनी खेल निकाय बनाएको छ । यस शक्तिशाली बोर्डको नेतृत्वमा मनहासको उदयलाई सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)को स्पष्ट समर्थन रहेको बताइन्छ ।

गत हप्तामात्र नयाँदिल्लीमा गृहमन्त्री अमित शाहको निवासमा भएको महत्त्वपूर्ण बैठकमा उनलाई उम्मेदवारका रूपमा छनोट गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अमित शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रमुख जय शाहका पिता पनि हुन् ।

मनहासको निर्वाचनले भारतीय क्रिकेटमा नयाँ प्रशासनिक अध्याय सुरु भएको मानिएको छ ।