१४ श्रावण २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ? नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु संसदमा प्रचण्डको सम्बोधन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको सात लाख ५० हजारसहित एक जना पक्राउ



अ+ अ-

सिरहा। सशस्त्र प्रहरी बलले सिरहाको भगवानपुर गाउँपालिकाबाट स्रोत नखुलेको रु सात लाख ५० हजारसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भगवानपुर गाउँपालिका-४ जमुवाटोलका ४५ वर्षीय ओमप्रकाश साहलाई गरेको हो ।

सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार साह लौकाहाबाट भगवानपुर चोकतर्फ पैदल जाँदै गर्दा शङ्का लागेर निजलाई जाँच गरिएको थियो । सो क्रममा निजको साथबाट उक्त नगद रकम फेला परेको हो ।

रकमको स्रोतबारे सोधपुछ गर्दा कुनै वैध प्रमाण प्रस्तुत गर्न नसकेपछि साहलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । सशस्त्र प्रहरीले यो रकम अवैध हुण्डी कारोबारमार्फत आएको हुनसक्ने आशङ्का गरेको छ ।

सीमावर्ती क्षेत्रमा हुने यस्ता अवैध वित्तीय कारोबार रोक्न सशस्त्र प्रहरी बलले निगरानी र सक्रियता बढाएको प्रहरी उपरीक्षक भण्डारीले उल्लेख गर्नुभयो ।

पक्राउ परेका साहलाई बरामद रकमसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको उहाँले जानकारी दिनुभयो । रासस