१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

डा.संगीतामाथि पहिला अन्याय भयो, अहिले अत्याचार हुँदैछ !

डा.संगीतामाथि पहिला अन्याय भयो, अहिले अत्याचार हुँदैछ  !
अ अ+ अ-

केही महिनाअघि ओली सरकारको पालामा स्वास्थ्य मन्त्रालयको सचिव पदमा बढुवाको क्रममा डा. संगीता मिश्रासँग अन्याय भएको थियो । प्रतिस्पर्धीहरुमध्ये सबैभन्दा बरिष्ठ हुँदाहुँदै डा.संगीता विरुद्ध उनकै सहकर्मी कर्मचारीहरु र सत्ता गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेस सम्बद्ध नेताहरुले षडयन्त्र गरेका थिए । त्यसबारे उतिबेलै यथेष्ठ चर्चा भइसकेको छ । त्यस विरुद्ध उनको कानुनी लडाइ जारी नै छ ।

राजनीतिमा पुस्तान्तरण र सरकार संचालनमा शुसासनको नारा दिएर बनेको शुसीला कार्की नेतृत्वको सरकारले फेरी उनै डा.संगीतामाथी अत्याचार गरिराखेको छ ।

मन्त्रीमण्डलका जिम्मेबार सदस्यले भेटन बोलाएर, मन्त्री बनिदिनुपर्यो भन्दै आग्रह गरेर, प्रधानमन्त्रीसँग भेट गराएर, हुँदाखाँदाको १२ औँ तहको सहसचिव पदबाट राजीनामा गर्न लगाएर, नयाँ नियुक्त हुने मन्त्रीहरुको सुचीमा उनको नाम राखेर राष्ट्रपति कार्यालय समेत पठाइसकेर, मिडियामा सार्वजानिक गरिसकेर अन्त्यमा उनीमाथी ‘अख्तियारले छानबीन गरिराखेको’ भन्दै शपथ ग्रहण रोकिएको छ ।

पहिला अयोग्य छौ भनेर सचिव बनाइएन, अहिले भ्रष्ट छौ भनेर मन्त्री बन्नबाट रोकिदैछ !

सरकारको उच्च तहका मेसिनरी र नेतृत्वको संलग्नतामा कुनै नागरिकको व्यक्तिगत, पेशागत र सार्वजानिक जीवनमाथी यो तहको खेलबाड गर्न मिल्छ? के नेपालमा मन्त्री बन्नकोलागी पहिला अख्तियारबाट कुनै उजुरी परे नपरेकोबारे सिफारिस पेश गर्नुपर्ने कानुनी प्राबधान छ? यदी थियो भने प्रधानमन्त्री कार्यालयले उल्लेखित सबै कार्यहरु गर्नुभन्दा पहिला ती कुराहरु किन जानकारीमा लिएनन्? के अहिलेको अरु कुनै पनि मन्त्रीहरुमाथी अख्तियार वा अदालतमा भ्रष्टाचारबारे उजुरी वा मुद्दा परेको छैन? कि डा. मिश्रालाई सहसचिव पदबाट राजीनामा (जो सुनिए अनुसार अहिलेसम्म स्वीकृत भएको छैन्) गराउने षडयन्त्र स्वरुप यी सबै तानाबाना बुनियो? यदी भोली गएर अख्तियारले कुनै मन्त्रीमाथी मुद्दा ने दायर गरेछ भने सो मन्त्री स्वतः पदमुक्त हुने कानुनी ब्यवस्था छैन र?

नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको विरुद्ध अख्तियारमा उजुरी पर्नु कुनै नौलो कुरा होइन । डा. संगीता विरुद्ध उजुरी परेको हुन पनि सक्छ, नहुन पनि सक्छ । यसबारेमा आम मानिसले थाहा पाउने कुरा भएन । त्यो कुरा अख्तियारले नै जान्ने कुरा हो । तर, जुनशैलीमा मध्यरातमा अख्तियार सुत्रका अनुसार भन्दै डा. संगीता विरुद्ध मिडियाबाजी भयो त्यसले अख्तियारकै नियत र सुचना संयन्त्रमाथी गम्भीर प्रश्न उठाउँछ ।

यी सबै घटनाक्रमलाई जोडेर हेर्दा डा. संगीता बिरुद्ध उच्च तहको षडयन्त्र भइरहेको स्पष्ट छ । नयाँ नियुक्ती हुने मन्त्रीहरुमा उनको नाम सहितको सुची राष्ट्रपति कार्यालय पुगिसकेपछि आइतबारको मध्यरातदेखि जुन शैलीमा नेपाली मिडियामा डा. संगीताबारे समाचारहरु सम्प्रेसन भए, त्यसमा मिडियाको नश्लिय चरित्र उदागिंएको छ ।

एउटा सामान्य कर्मचारीमाथी जुन तहको मिडिया ट्रयाल भयो, त्यो पनि प्रधानमन्त्री कार्यालयको सक्रियतामा, त्यो घोर निन्दनीय छ । यो अत्याचार नै हो !

यो सम्पूर्ण एपिसोडलाई राजनैतिक र तथाकथित सदाचारको नाराको कोणबाट मात्र होइन मानवताको कोणबाट पनि हेरिनुपर्छ । यस घडीमा डां संगीताको मनोदसालाई हामी सबैले अनुमान गर्न सक्छौँ । वडा दशैँको प्रारम्भमै यस्तो अवस्था सिर्जना हुनु कुनै पनि व्यक्ति विशेषकोलागी निकै नै दुखद कुरा हो । माँ दुर्गाले डा. संगीतालाई धैर्यका साथ संघर्ष गर्ने शक्ति प्रदान गरुन । असत्यमाथी सत्यको विजय होस् ! शुभकामना छ ।

“सत्य परेशान हो सकता है पराजीत नही !”……”ए दिन भी गुजर जाएगेँ !”