१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनमा रास्वपाको सहभागिता थियोः प्रवक्ता झा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जेन—जी आन्दोलनमा पार्टीको सहभागीता रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी सदस्यहरु आन्दोलनमा सहभागी भएको बताउनुभएको हो ।

पार्टीको झण्डा नबोकी सदस्यहरुलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको उहाँको भनाई छ । उहाँले पूर्वकेन्द्रिय सदस्य सुमना श्रेष्ठ, पार्टी केन्द्रिय सदस्यहरु गणेश कार्की, कान्तिशिखा लगायतका केन्द्रिय सदस्यहरुको आन्दोलनमा सक्रिय भुमिका रहेको बताउनु भयो । तुलनात्मक रुपमा जेन—जी आन्दोलनमा सबैभन्दी बढी रास्वपाका कार्यकर्ताहरु सहभागी भएको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीमा जेन जी अहिले पनि हुनुहुन्छ । हाम्रो प्रतिनिधि सभाको सचेतक नै जेन जी पुस्ताबाट हुनुहुन्छ । उहाँहरु पनि जानुभएको थियो । केन्द्रिय सदस्य त्यो बेलामा हुनुहुन्थ्यो सुमनाजी पनि जानुभएको थियो । गणेश कार्की, कान्तिशिखा लगायतका केन्द्रिय सदस्यहरु, सम्भवतः अरु पार्टीको तुलनामा संख्यागत र प्रतिशतगत रुपमा हामी सबैभन्दा बढी उपस्थित थियौँ, त्यहाँ । तर हामीले कुनै पनि ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन हो, अगुवाई हो भनेर दाबी गरेका थिएनौँ ।’

उहाँले भदौ २३ गतेको आन्दोलनमा पार्टीको सहभागीता रहेपनि २४ गतेको घटनामा भने सहभागिता नरहेको दाबी गर्नुभयो । २४ गतेको घटनामा सहभागिताका लागी पार्टीले कुनै आवह्वान नगरेको उहाँको भनाई छ । आगजानी, लुटपाट पार्टीको सिद्धान्त नभएको उहाँले बताउनु भयो । उहाँले उक्त घटनाको छानविन गर्नुपर्नेमा जोड दिनुभयो ।