७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आस्था, उमंग र मिलनको उत्सव दशैं (फोटो फिचर)



अ+ अ-

काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं सुरु भएसँगै देशभर उत्सवको माहोल छाएको छ ।

राजधानीदेखि गाउँ–बस्तीसम्म आँगनमा जमरा उमारिएका छन्, परिवार मिलनका तयारी तिव्र छन्, र बजारमा चहलपहल बढेको छ ।

दशैंलाई नेपालीहरूले मात्र धार्मिक पर्वका रूपमा होइन, परिवार भेटघाट, आस्थाको प्रतीक र संस्कृतिको धरोहरका रूपमा मनाउँछन् ।

गाउँका बालबालिकाले बाँसको ठूलो पिङमा उफ्रिँदै दशैंको मजा लिनथालेका छन् । घर रंग रोगन गर्ने चटारो देखी बाटो घाटो सामुहिक रुपमा सफाईको रौनक छुट्टै छ ।

नवदुर्गा पूजासँगै सुरु हुने दशैं नवमीका दिन देवी मन्दिरहरूमा घण्टीको आवाज गुञ्जिन्छ । श्रद्धालुहरूले बलिपूजा, फूल–माला चढाउँदै आशिर्वाद मागिरहेका देखिन्छन् ।

दशैंलाई धेरैले “घर फर्किने पर्व” पनि भन्छन् । विदेश वा शहरमा व्यस्त जीवन बिताउनेहरू यस अवसरमा आफ्ना गाउँ फर्किन्छन् । आँगनमा अँगालोमा भेट हुँदा उम्किने आँसु र खुशी दशैंको संवेदनशील पक्ष हो ।

दशैंको परिवार र आफन्तसँग मिलेर खाने आत्मीयता र सम्बन्धलाई अझ गाढा बनाउने संस्कारका रूपमा चिन्निन्छ ।

फोटो पत्रकार मिथुन कुँवरले खिचेका दशैं झल्काउने केही तस्वीर ।