२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एच–१बी भिसामा अमेरिकामा कर्मचारी ल्याउने कम्पनीले एक लाख डलर तिर्नुपर्ने



अ+ अ-

काठमाडौं । अमेरिकी कम्पनीहरुलाई बाहिरी मुलुकबाट कर्मचारी ल्याउन कडाइ गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कर्मचारी ल्याउन कडाइ गरेको हो ।

अब एच–१बी भिसामा कर्मचारी ल्याउने रोजगारदाता कम्पनीले सरकारलाई प्रतिवर्ष १ लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१बी भिसामा प्रतिवर्ष १ लाख डलरको आवेदन शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

ट्रम्पले यो कदमले अमेरिकी कम्पनीलाई आफ्नै देशका कामदारलाई प्राथमिकता दिन प्रोत्साहित गर्ने र यसबाट उच्च दक्षता भएका विदेशी कामदारलाई रोजगारीको बाटो खुलाउने दाबी गरे ।

उनका अनुसार अब एच–१बी भिसा प्राप्त गर्न कम्पनीले ठूलो रकम तिर्नुपर्ने भएकाले यो कार्यक्रम दुरुपयोग रोक्न सहयोग पुग्नेछ ।

टेक्नोलोजी क्षेत्रमा ठूलो संख्यामा भारतीय र चिनियाँ दक्ष जनशक्ति ल्याइँदै आएकोमा यो कदमले सीधा असर पार्ने अनुमान गरिएको छ ।

अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकका अनुसार आवेदन शुल्क वार्षिक १ लाख डलर वा तीन वर्षका लागि ३ लाख डलर एकैपटक तिर्ने व्यवस्था राख्नेबारे गृह सुरक्षा विभागसँग छलफल भइरहेको छ ।

यो योजना अनुसार विदेशीले अमेरिकाको स्थायी बसोबास (ग्रीन कार्ड) पाउन १० लाख डलर तिर्नुपर्नेछ । कुनै कम्पनीले आफ्ना कर्मचारीका लागि प्रक्रिया छिटो पार्न २० लाख डलर तिर्न सक्नेछ ।




भर्खरै