एजेन्सी । एशिया कपमा बुधबार पाकिस्तानले युएईलाई हरायो र सुपर–४मा भारतसँग स्थान बनायो ।
ग्रुप स्टेजमा भारतले पाकिस्तानलाई सजिलै ७ विकेटले हराएको थियो । अब ग्रुप–एका दुई टिम (भारत र पाकिस्तान) २१ सेप्टेम्बरमा दुबईमा फेरि आमनेसामने हुनेछन् ।
ग्रुप–बीमा आज श्रीलंका र अफगानिस्तानबीच “गर या मर”को खेल हुनेछ । यसबाट सुपर–४का बाँकी दुई टिम छनोट हुनेछन् ।
ग्रुप–एबाट ओमान र युएई प्रतियोगिताबाट बाहिर भए । युएईले ३ मध्ये १ खेल मात्र जित्यो भने ओमान २ खेलमा पराजित भयो ।
भारत र पाकिस्तानबीच खेलमा टसको क्रममा भारतीय कप्तान सूर्यकुमार यादवले पाकिस्तानी कप्तानसँग हात मिलाएनन् । पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी)ले यसलाई खेल भावनाविपरीत बतायो र आईसीसीसमक्ष रेफ्री परिवर्तनको माग गर्यो, तर अस्वीकृत भयो ।










