३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनातन हिन्दु राष्ट्र कायम हुनुपर्ने साधुसन्तको माग



अ+ अ-

जनकपुरधाम । मधेसको राजधानी जनकपुरधामको भूमिबाट साधु सन्तले देशमा अमन चयन कायम गर्नका लागि सनातन हिन्दु राष्ट्र कायम हुनुपर्ने माग गरेका छन् ।

सनातन हिन्दु समाज नेपालको बैनरमुनि रहेर साधु सन्तहरुले नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गरेका हुन् । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले सनातन हिन्दु राष्ट्र नै नेपालको पहिचान रहेकाले नेपालमा सदाका लागि अमन चयन स्थापित गर्न सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्नुभयो ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले मुलुकको नेतृत्वमा पुगेकाहरु बेलैमा नचेतेका कारण जेनजी पुस्तालाई आन्दोलित हुनु परेको भन्दै अहिले पनि समय बाँकी नै रहेकाले नेपालको पहिचानको रुपमा रहेको हिन्दु राष्ट्र कायम गर्नेतर्फ युवा पुस्ताहरु लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको अमन चयन नै सर्वोपरी रहेको र यसका लागि हिन्दु राष्ट्र आवश्यक रहेको उहाँको भनाई थियो ।