५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

मेड्रिड व्यापार वार्ताअघि अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु

मेड्रिड व्यापार वार्ताअघि अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु
Visitors pass by the booth for Texas Instruments during the China International Imports Expo in Shanghai, China on Nov. 6, 2023. (Chinatopix via AP)
अ+ अ-

एजेन्सी । व्यापार, राष्ट्रिय सुरक्षा र सामाजि सञ्जाल प्लेटफर्म टिकटोकको स्वामित्वसम्बन्धी विषयमा यस हप्ता स्पेनमा हुन लागेको वार्ताको पूर्वसन्ध्यामा चीनले शनिबार अमेरिकी सेमिकन्डक्टर क्षेत्रलाई लक्षित गर्दै दुईवटा अनुसन्धान सुरु गरेको छ ।

चीनको वाणिज्य मन्त्रालयले अमेरिकी आयातित केही एनालग आइसी चिप्समाथि एन्टि–डम्पिङ अनुसन्धान सुरु भएको घोषणा गरेको हो । यस अनुसन्धानले इन्टरफेस आइसी चिप्स र गेट ड्राइभर आइसी चिप्सलाई लक्षित गर्नेछ । यी चिपहरू प्रायः टेक्सास इन्स्ट्रुमेन्ट्स र अन सेमीकन्डक्टर जस्ता अमेरिकी कम्पनीहरूले उत्पादन गर्छन् ।

मन्त्रालयले यससँगै चीनको चिप उद्योगविरुद्ध अमेरिकी कदमहरू भेदभावपूर्ण भएको भन्दै छुट्टै भेदभाव विरोधी जाँच पनि घोषणा गरेको छ ।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आइतबारदेखि बुधबारबीच मेड्रिडमा चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उहाँको कार्यालयले जनाएको छ ।

चीनको दाबीअनुसार, अमेरिकी निर्यात प्रतिबन्ध र कर जस्ता कदमहरूले ‘उन्नत कम्प्युटर चिप्स र कृत्रिम बुद्धिमत्ता ९एआई० जस्ता उच्च–प्रविधि उद्योगहरूको विकासलाई नियन्त्रण र दमन गर्ने रणनीति’ प्रदर्शन गर्छन् ।

यो घोषणा अमेरिकाले २३ चिनियाँ कम्पनीलाई ‘एकाइ सूची’ मा थपेको भोलिपल्ट आएको हो । सूचीमा परेका कम्पनीहरूले अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीति हितविरुद्ध काम गरेको आरोपमा प्रतिबन्धको सामना गर्नुपर्नेछ । तीमध्ये दुई कम्पनीलाई प्रमुख चिनियाँ चिप निर्माता एसएमआइसीका लागि चिप उत्पादन उपकरण उपलब्ध गराएको आरोप छ ।

मेड्रिडमा हुने बेसेन्ट–हे बैठक व्यापार तनाव न्यूनीकरण गर्ने, उच्च कर स्थगित गर्ने र पारस्परिक समझदारी बढाउने प्रयासका रुपमा आयोजित वार्ताको अर्को चरण हुनेछ ।

यसअघि दुवै पक्षबीच मे महिनामा जेनेभा, जुनमा लन्डन र जुलाईमा स्टकहोममा छलफल भएको थियो । ती वार्ताहरूले पारस्परिक करमा धेरै पटक ९०–९० दिनको अस्थायी विराम ल्याएका थिए, जसले पूर्ण व्यापार युद्ध रोक्न मद्दत गरेको हो ।

बेसेन्टले स्टकहोम वार्तालाई ‘धेरै परिणाममुखी’ भन्नुभएको थियो । उहाँले भन्नुभयो, “हामीले दुर्लभ खनिज तत्व, अर्धचालक ९सेमीकन्डक्टर० वा औषधि जस्ता केही रणनीतिक उद्योगहरूसँग जोखिम कम गर्न आवश्यक छ । साथै, सम्बन्धलाई सन्तुलनमा ल्याउन हामीले संयुक्त रूपमा के गर्न सक्छौँ भन्ने विषयमा छलफल गरेका छौँ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेन दुवैले चीनलाई उन्नत सेमिकन्डक्टरमा पहुँच नदिने नीतिअनुसार चिप उत्पादन उपकरण बिक्रीमा प्रतिबन्ध लगाउनुभएको थियो ।

वासिङ्टनले यो कदमलाई राष्ट्रिय सुरक्षासँग जोडे पनि चीनको भनाइमा यी प्रतिबन्धहरू यसको प्रविधिक वृद्धि रोक्न अमेरिकाले अपनाएको रणनीतिको हिस्सा हुन् ।