काठमाडाैं । प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्ति भएसँगै आजै सानो मन्त्रिमण्डल बन्ने भएको छ । सो मन्त्रिमण्डलमा कानुन मन्त्रीको जिम्मेवारी अधिवक्ता ओमप्रकाश अर्यालले पाउने भएका स्रोतले बताएको छ ।
उनी बालेन साहका प्रतिनिधिका रुपमा सरकारमा सहभागी हुने भएका हुन् । त्यसैगरी अन्य मन्त्रीहरुमा बालनन्द शर्मा ओमप्रकाश अर्याल र कुलमान घिसिङ संगै एक जेन जीको प्रतिनिधीको चर्चा रहेको बताइएको छ ।
अहिले केही बेरमा सुशिला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएसँगै मन्त्रिहरुले पनि सोही समारोहमा सपथ लिने कार्यक्रम रहेको स्रोतले बतायो ।









