४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

कमजोर क्याप्टेनको झेली खेल- आफनै पोष्टमा आत्माघाती गोल !

कमजोर क्याप्टेनको झेली खेल- आफनै पोष्टमा आत्माघाती गोल !
अ+ अ-

काठमाडौं  । आफनो स्वास्थ्य अबस्थालाई बलियो बनाउदै लगेका प्रधानमन्त्री तथा नेकपाका एक अध्यक्ष केपी शर्मा ओली यतिबेला भने राजनीतिक रुपमा कमजोर बन्नु भएको छ । राजनीतिको मैदानमा उहाले खेलेको दुई अध्यादेशको खेलले आफनौ पोष्टमा आत्माघाती गोल त भयो नै यसले आफनो टिमका खेलाडीहरुले पनि पुर्ण रुपमा साथ दिन नसक्ने अवस्था सिर्जना गरिदिएको छ । जसका कारण बैशाख ८ गते हिटलर जयन्तीका दिन हतार हतारमा जारी गरिएका राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश महाभुकम्प गएको दिन बैशाख १२ गते करिब १२ बजे तिरै फिर्ता लिनु परेको छ । जसका कारण उहाँले राजनीतिक जीवनमा पनि ठूलै भूकम्पको कम्पन महसुश गरेको हुनुपर्दछ । जसको राजनीतिक परकम्पको धक्का पछिसम्म नै आउने धेरै लक्षणहरु देखिइरहेका छन् ।

प्रधानमन्त्रीको अविवेकी र हठी खेल खेल्ले बानीका कारण रेफ्रिको भूमीकामा रहेका राष्ट्रपति पनि फेरि एक पटक नराम्रोसँग बिबादमा तानिनुभएको छ । हत्तपत्त नगल्ने तथा आफूले गरेका निर्णय गलत नै भएपनि त्यस निर्णयमा टिकिरहेने ओली यस पटक भने नराम्रोसँग पछाडी फर्कनु प¥यो । अध्यादेश जारी गर्ने सुरुको प्रक्रिया देखी नै अपारदर्शी रुपमा प्रस्तुत हुनुभएका प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्का सदस्यहरुको साथ त पाउनृु भएन भएन पार्टीका शीर्ष नेताहरु पनि सबै जना निर्णयको बिपक्षमा उभिन पुगे । जसको संकेत प्रधानमन्त्री ओलीका लागि आगामी दिनका राजनीतिक रुपमा कठिन हुदै जाने छ । कोरोनासँग मुलुक लडिरहेको समयमा राष्ट्रको लागि अभिभावकको भूमिकामा रहनुपर्ने प्रधानमन्त्री नै बिपक्षीदल फुटाउन उद्दत रहनुले काम कुरो एकातीर कुम्लो बोकी ठिमीतीरको उखानले पनि लाज मान्नुपर्ने अबस्था त उत्पन्न भयो नै राष्ट्रिय संकट समाधानका लागि सरकार कति गम्भीर छ भन्ने पनि देखाएको छ ।

कोरोनाका कारण नागरिकहरुलाई लकडाउनको कारण घरभित्र राखेर प्रधानमन्त्री राजनीतिक मैदानका एक्लै उत्रिन खोज्दा उहाँले अब बालुवाटारबाट बारिह निस्कदा नागरिकसँग कसरी आँखामा आँखा जुधाएर आफनो कदमको औचित्य पुष्टि गर्नूहुन्छ त्यो हेर्न त बाँकी नै छ । सायद बालुवाटारको चौघेरा बाहिर र संसदको बैठक, बिपक्षीको मोर्चाबाट आउने राजनीतिक प्रश्न सामना गर्न उच्च नैतिक शाहस भने देख्न कठिन नै हुने छ । कहिलेकाहीँ नकारात्मक नियत राखेर कामगर्दा सकारात्मक परिणाम आउछ भने जस्तै यसपटक प्रधानमन्त्री ओलीलाई पनि त्यस्तै भयो । उहाको कदमले पार्टी भित्रका फरक फरक कित्तामा रहेका बिपक्षलाई एउटै कित्तामा उभिने वातावरण बन्यो भने सबैभन्दा ठुलो कुरो त कमजोर प्रतिपक्षहरुलाई सरकार बिरुद्धको मोर्चामा संगठित बनायो । विसं २०७२ मा भारतबाट लगाईएको नाकाबन्दी , संबिधान निर्माणको क्रममा ओलीले लिएको चट्टानी अडानले उनको उचाईलाई सगरमागथाको शिखरमा नै पुर्याएको थियो । तर यसपटक उनको जिल्ला झापा जाहाँ नेपालको सबैभन्दा होचो भाग केचनाकलाङ्ग रहेको छ त्यो भन्दा पनि गहिरो ठाउँसम्म उहाँको उचाईलाई पु¥याएको छ ।

दोश्रो पटक प्रधानमन्त्री भएपछि गरेका अधिकांंस निर्णयहरु बिबादास्पद हुदाहुदै पनि उहाँले यसपटक कोरोना बिरुद्धको लडाईमा सरकारले गरेको निर्णयलाई नागरिकले ईमान्दारीतापूर्बक साथ दिएका थिए तर सरकार भने लकडाउन लाई अचुक अस्त्र मान्दै भोकले तातो पिच र झरीमा दुधे काखे लालाबाला च्पापेर १४ दिन भन्दा बढी सडकमा हिडेका नागरिकका आर्तनाद त सुन्नु भएन भएन, तीनै निरिह नागरिकलाई पूर्वसंञ्चारमन्त्री गोकुल बास्कोटको शब्द सापटी लिएर राज्यलाई हेप्न खोजेको भन्दै आँशु देखाउने संञ्चारक्षेत्र प्रति आक्रोश ब्यक्त गर्नूभयो ।सायद बालुवाटारको ठूलो स्क्रिनमा प्रथम महिला राधीका शाक्यसंगै ती दृश्य हेर्नूभएको भए बासुरी बजाउने प्रधानमन्त्री त्यती कठोर बन्नु हुदैन थियो होला ।

थाहा छैन कोरोना बिरुद्धको लडाईँ कहिले सम्म लडिन्छ, सरकार के गर्छ सायद नागरिकले चासो राख्न छाडिसके । श्री पशुपतिनाथलाई सम्झनु नै एक उपाए जस्तो लाग्न थालि सकेको छ नागरिकलाई । तर अध्यादेशले अकस्मात राजनीतिक क्षेत्रमा चलेको हुण्डरीका कारण ककसलाई मैदान भित्र प्रबेश गराँउछ कसकसलाई मैदान बाहिर रातो कार्ड देखाएर पठाउछ हेर्न बाकि नै छ । तर पनि रेफ्रिको भूमिका पनि बिवादास्पद त छदैछ । तर हुण्डरी सुरु भैसकेको हुदा प्रधानमन्त्री तथा नेकपाका एक अध्यक्ष ओलीको अबको मैदानको बसाई भने निकै कठिन हुदै जाने निश्चित छ ।