३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा पुनः कर्फ्यु



अ+ अ-

कर्णाली । सुर्खेत पुनः कर्फ्यू लागेको छ । जिल्ला प्रशासनले आज बेलुका ७ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको हो ।

पछिल्लो विकसित घटना क्रमलाई मध्यनजर गरी कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जानकारी दिनुभयो । कर्फ्यु जारी भएपछि वीरेन्द्रनगर बजारमा उच्च सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ ९संशोधन समेत० को दफा ६ ९क० बमोजिम सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाको रत्नराजमार्ग अन्तरगत सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमल र यसको उत्तर–दक्षिण तीन सय मिटरमा आवतजावतमा रोक लगाइएको छ । यस क्षेत्रमा आवतजावत गर्न, कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक नगर्न निर्देशन दिईएको छ ।

प्रशासनले आज बिहान ८ः३० बजेदेखि साँझ ६ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । जारी निषेधाज्ञा उलंघन गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेत घण्टाघर चोकस्थित डी–नमस्ते होटलबाट जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले छ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जुम्ला कनकासुन्दरी गाउँपालिका–५ का ३३ वर्षीय बद्री बोहोरा, वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका ३१ वर्षीय मोहन थापा, कालिकोट पचालझरना गाउँपालिका–३ का १८ वर्षीय महेश कठायत र १८ वर्षीय मिलन बस्नेत, तिलागुफा नगरपालिका–१ का २४ वर्षीय प्रेम बुढा र शुभकालिका गाउँपालिका–३ का २६ वर्षीय पुष्पराज शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिनुभयो ।