२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजीनामा दिइसकेकी सोविता भन्छिन्– जनताको सर्वोच्च कायम राख्न विघटन गर्न हुँदैन, तोषिमा भन्छिन्– विघटन गर्न ढिला गर्नै हुँदैन



अ+ अ-

काठमाडौं । संसद् विघटनबारे राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई धार देखिएको छ । जेनजी पुस्ताले गरेको आन्दोलनमा सरकारले चरम दमन गरेपछि रास्वपाका सबै सांसदहरुले राजीनामा दिइसकेका छन् । यद्यपी यो राजीनामा स्वीकृत भइसकेको छैन । तर अहिले उनीहरु नै संसद् विघटन गर्नुपर्छ वा हुँदैन भन्नेमा दुई धारमा देखिएका छन् ।

रास्वपा सांसद सोबिता गौतमले नेपाली जनताको सर्वोच्चता कायम राख्ने संसद् भएको भन्दै संसद् विघटन गर्न नपाइने बताएकी छन् ।

बिहीबार एक भिडिओ सन्देश जारी गर्दै सांसद गौतमले संसद् विघटनको काम सह्यै नहुने बताएकी हुन् । उनले जेन–जीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने बताइन् । उनले भनिन्, ‘जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद्ले हो । यो विघटन गर्न पाइँदैन । यो विघटन गर्नु भनेको नेपालको जनताको सर्वोच्चता सङ्कटमा पर्नु हो ।’

जेन–जीहरूलाई देखाएर कसैले पनि आफ्नो स्वार्थ प्रेरित निर्णय गर्न नपाइने धारणा राखिन् । उनले भनिन्, ‘कुनै पनि स्वार्थ प्रेरित निर्णय गर्न पाइँदैन । जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न पाइन्छ । तर, संसद्लाई कायम चाहिँ राख्नुपर्छ, गौतमले भनिन् ‘अन्तरिम सरकारले चुनाव घोषणा गर्‍यो भने अहिले जेन–जीहरू जसरी सक्रिय हुनुभएको छ, चुनावबाट तपाईंहरूले चाहेको मान्छे ल्याउन सकिन्छ । कुनै पनि स्वार्थ प्रेरित निर्णय गर्न पाइँदैन । जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न पाइन्छ । तर, संसद्लाई कायम चाहिँ राख्नुपर्छ ।’

उनले अन्तरिम सरकारले चुनाव घोषणा गर्‍यो भने जेन–जीहरूले चाहेको मान्छे ल्याउन सकिने बताइन् ।

यता रास्वपाकै सांसद तोषिमा कार्कीले भने संसद् विघटन गरेर नेपालको संविधानअनुसार चुनाव गराएर जनताको स्थिर सरकार बनाउन अग्रसर हुनुपर्ने बताएकी छन् ।

उनले आज सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्–

अर्को कुरा २ वर्षसम्मको संसदिय अभ्यासले सिकाएको कुरा: अहिलेको बर्तमान संविधानले स्थिर सरकार दिन सक्दैन र जनमतको धज्जी उडाउने गरी सरकारमा गठबन्धनका खेलहरु मात्र खेलिनछन् त्यसैले पार्टीले बहुमत ल्याउन सक्ने वातावरण बनाउँदै प्रतक्ष निर्वाचित कार्यकारी प्रम ल्याउने र प्रदेश सरकार खारेज गर्ने हिम्मत अब राख्नुपर्छ । लोकतन्त्रलाई थप उन्नत बनाउन पनि अरु थुप्रै संसोधनहरु आवश्यक छ !! त्यसलाई नेपालको परिमार्जित नयाँ संविधानको रुपमा अघि लैजान सकिन्छ ।

त्यसैले पनि अब ढिला नगरी यो संसद विघटन गरिनुपर्छ। त्यसपछि अन्तरिम सरकारले परिमार्जित नयाँ नेपालको संविधान अनुसार चुनाव गराएर जनताको थिर सरकार बनाउन तिर अग्रसर हुनुपर्छ ।

नआत्तिनुस् है कत्ति पनि ! ध्वस्त मरभुमि भएको नागासाकि हिरोसिमा त जुर्मुरएर उठे ! नेपाल पनि उठ्छ उठाउन सकिन्छ जुरुक्क !!