३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जेन–जीसँग आज जंगी अड्डामा औपचारिक वार्ताको तयारी

जेन–जीसँग आज जंगी अड्डामा औपचारिक वार्ताको तयारी
अ+ अ-

काठमाडौं । जेन–जी पुस्तासँग वार्ता गरी देशको असहज परिस्थिति साम्य पार्न नेपाली सेनाले आज जेन–जीका प्रतिनिधिहरुसँग छलफल गर्ने भएको छ ।

जेन–जीको भ्रष्टाचारविराधी प्रदर्शनपछि उत्पन्न परिस्थितिका बीच तनाव साम्य पार्न नेपाली सेनाले पहल लिएको छ ।

नेपाली सेनाको समन्वयमा सैनिक मुख्यालय जंगीअड्डामा आज जेन–जी प्रतिनिधिहरुसँग औपचारिक छलफल हुने लागेको हो । गएराति पनि जेनजी प्रतिनिधिसँग सेनाले अनौपचारिक छलफल गरेको बताइएको छ ।

आज हुने वार्तामा नेपाली सेनाका परामाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलज्यूको समेत उपस्थिति हुने बताइएको छ ।

यसअघि राष्ट्रपति कार्यालयले हिजो दिउँसो विज्ञप्ति जारी गरेर जेनजी प्रदर्शनकारीलाई संवादमा आउन आह्वान गरेको थियो । ‘लोकतन्त्रमा नागरिकले उठाएका मागहरु जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु क्षति हुन नदिन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्दछु,’ राष्ट्रपति पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख थियो ।

यसपछि नेपाली सेनाले समेत विज्ञप्ति जारी गरेर संवादबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएको थियो । सैनिक स्रोतका अनुसार, राष्ट्रपति पौडेलको विज्ञप्ति समेत सेनाको समेत सुझावलाई मध्यनजर गर्दै आएको थियो । सेनाको अगुवाइमा भएको चारवटै सुरक्षा प्रमुखको बैठकले कसरी अघि बढ्ने भन्ने सन्दर्भमा राष्ट्रपतिले अगुवाइ लिनु ठिक हुने निष्कर्ष निकालेका थिए । त्यसपछि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेको थियो ।

कार्यालयको विज्ञप्तिपछि जेनजीका तर्फबाट विभिन्न समूहका युवाले सम्पर्क गरेका थिए । ‘तर धेरै संख्यामा विभिन्न व्यक्तिहरुले सम्पर्क गरेपछि व्यवस्थापनमा केही समस्या हुने देखिएको थियो । त्यसपछि विभिन्न चरणमा गरेर सबैका कुरा सुन्ने काम भएको थियो ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जेनजी युवालाई नेपाली सेनाका प्रमुखसँग वार्ता गर्न तयार रहनु भनेका थिए । ‘अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्नेछ, तयार रहनुहोला,’ उनले भनेका थिए, ‘तर याद रहोस्, वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्छ ।’

भ्रष्टाचारविरुद्ध जेनजीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका बेला सरकारले फेसबुक, एक्ससहित २५ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि ‘नेपोनेविज’ अभियान चलाइरहेका युवाले सडक प्रदर्शन घोषणा गरेका थिए ।

सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा १९ जना मारिएका थिए । ४ सय जनाभन्दा धेरै घाइते भएका थिए ।