१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदर्शनकारीले भैरहवा विमानस्थलमा गरे आगजनी



अ+ अ-

काठमाडौँ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रदर्शनकारीले आक्रमण गरेका छन्‌ ।

विभानस्थलभित्र प्रवेश गरी उनीहरूले मंगलबार आगजनी गरेका हुन् । प्रदर्शनकारीहरूको आगजनीका कारण भैरहवा विमानस्थलमा पार्किङ गरी राखिएका ५ वटा चारपाङ्ग्रे र दुई वटा दुई पाङ्ग्रे सवारीसाधन जलेका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रदर्शनीकारीहरूले गरेको आगजनीका कारण पार्किङ गरी राखिएका केही सवारी साधनमा क्षति पुगेको बताए ।