काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आतंकवादीको संज्ञा दिएका छन् ।
जेन–जी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएपछि महानगरप्रममुख शाह प्रधानमन्त्री ओलीप्रति आक्रोसित हुँदै गम्भीर आरोप लगाएका हुन् ।
महानगर प्रमुख शाहले मध्यराति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले आफ्ना सन्तान गुमाएका अभिभावकहरूको पीडा बुझ्न नसकेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, “तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।”
“यस्तो आतंकवाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतंकवादी होस ।” उनले भनेका छन् ।












