३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन
अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा भएको प्रहरी हस्तक्षेपबारे राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण गराएको छ ।

आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँसहित देशका विभिन्न शहरमा भएको प्रदर्शनमा प्रहरीद्वारा लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्याँस र गोली प्रयोग भएको भन्दै आपत्ति प्रकट गरेको हो ।

आयोगको अनुगमनका क्रममा प्राप्त विवरणअनुसार प्रहरीको गोली लागी दर्जनौँ व्यक्तिको मृत्यु भएको र धेरैजना घाइते भएका छन् ।

आयोगले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको निःशुल्क उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति दिन सरकारलाई आग्रह गरिएको छ ।

आयोगले विज्ञप्तिमा भनेको छ, “संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनले प्रत्येक नागरिकलाई शान्तिपूर्ण रुपमा विमति राख्ने अधिकार दिएको छ । त्यसैले सरकारले नागरिकका आवाजलाई समयमै सम्बोधन गर्नुपर्छ, तर प्रदर्शन तोडफोडमा बदलिनु र सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ ।”

मानव अधिकार आयोगले नेपाल सरकारलाई प्रदर्शन नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग नगर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरुको निःशुल्क उपचार सुनिश्चित गर्न, घटनाबारे निष्पक्ष र विश्वसनीय अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिएको छ ।

त्यसैगरी, प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउन प्रदर्शनकारी पक्षलाई समेत आयोगले जिम्मेवारीपूर्वक आह्वान गरेको छ ।

काठमाडौँ, पोखरा, बुटवल, चितवन, बिराटनगर, रौतहट, सुनसरी, झापा, दाङलगायतका सहरमा प्रदर्शन भएको आयोगले जनाएको छ ।

काठमाडौँमा माइतीघरबाट सुरु भएको प्रदर्शन संसद भवनतर्फ अगाडि बढ्दा प्रहरीसँग भिडन्त भएको थियो ।