५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी

गोकर्णेश्वर र पशुपति क्षेत्रमा सोह्र श्राद्ध गर्नेको घुइँचो

गोकर्णेश्वर र पशुपति क्षेत्रमा सोह्र श्राद्ध गर्नेको घुइँचो
अ+ अ-

काठमाडौँ । आश्विन कृष्ण प्रतिपदा अर्थात् पितृ पक्षको पहिलो दिन आज बिहानदेखि राजधानीका गोकर्णेश्वर उत्तरगया र पशुपति क्षेत्रमा पितृका नाममा श्राद्ध गर्नेको घुइँचो लागेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग० मा आज पितृ पक्ष आरम्भका दिन प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने उल्लेख छ । त्यसैअनुसार प्रतिपदा तिथिमा पिता बितेका परिवारका सदस्यहरू गोकर्णेश्वर उत्तरगया र पशुपति क्षेत्रमा पितृलाई श्रद्धासाथ तर्पण, सिदादान र पिण्डदान गर्न जम्मा भएका हुन् । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदाका सोह्र तिथिमा पितृप्रति श्रद्धाभाव प्रकट गर्न श्राद्ध गर्ने गरिएकाले सोह्र श्राद्ध पनि भन्ने गरिएको हो ।

यो पक्षमा गोकर्णेश्वरमा लाखौँ भक्तजन दिवङ्गत पितृका नाममा श्राद्ध गर्न जम्मा हुने गरेकाले त्यसै अनुसार व्यवस्था गरिएको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । यहाँ श्राद्ध गर्न आउने भक्तजनका लागि समितिले नै छनोट गरिएका ब्राह्मणको पनि व्यवस्था गरिएको उहाँले सुनाउनुभयो ।

यसैगरी, पशुपति क्षेत्रमा आउने भक्तजनका लागि पनि पशुपति क्षेत्र विकास कोषले सबै व्यवस्था मिलाएको सूचना अधिकारी अनिता भट्टले जानकारी दिनुभयो । पशुपति क्षेत्रमा सबै खालका चाडपर्वका लागि व्यवस्था गर्ने गरिएको छ ।

राजधानीमा धेरै मानिस डेरा लिएर बस्ने गरेकाले श्राद्ध गर्न ठाउँका कारण अप्ठ्यारो पर्ने भएपछि गोकर्णेश्वर र पशुपति क्षेत्रमा गएर श्राद्ध गर्छन् । आफ्नै घर वा तीर्थस्थलमा गएर श्राद्ध गर्नुपर्ने मान्यता राख्नेहरु यस्ता स्थानमा गएर पितृप्रति श्रद्धा प्रकट गर्ने गर्छन् । ठूला चाडपर्व मनाउनुअघि पितृप्रति श्रद्धाभाव प्रकट गर्न सोह्र श्राद्ध गर्ने गरिएको समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताउनुभयो । रासस