२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले मिडियाप्रति नकारात्मक दृष्टिकोण राख्यो कि भनेर आशंका गर्नुपर्ने अवस्था छैनः प्रमुख सचेतक घिमिरे



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले मिडियाप्रति नकारात्मक दृष्टिकोण राखेको भनि आशंका गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

सोमवार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

दक्षिण एसियामै उत्कृष्ट मिडियाको अवस्था मुलुक नेपाल भएको उहाँको  दाबी छ । उहाँले नेपाली काँग्रेस पार्टी लोकतन्त्र र जनताको अधिकारको लागि लड्ने पार्टी भएकाले उल्लेख गर्दै मिडियामाथि कुनै दुर्भावना नराख्ने समेत स्पष्ट पार्नुभयो । प्रश्तावित मिडिया काउन्सिल विधेयकमा धेरै विषयहरुमा संशोधन गर्नुपर्ने उहाँको स्वीकारोक्ति छ । मिडिया काउन्सिल गठनको प्रक्रिया परिमार्जन गर्नुपर्ने विज्ञको धारणा स्वागतयोग्य रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘दक्षिण एसियामा सबैभन्दा राम्रो मिडियाको अवस्था भएको देश नेपाल हो । यसमा नेपाल सरकारको मिडियाप्रतिको दृष्टिकोणमा शंका गरिहाल्नुपर्ने अवस्था पनि मैले देखेको छैन । काँग्रेसको त बेल्कुलै छैन । यो पार्टी त लोकतन्त्र र जनताको लागि लडेको पार्टी हो । सँगसँगै अन्य पार्टीको पनि त्यो मक्सद मैले देखेको छैन । त्यसकारण मक्सदमा शंका नगरिदिनि मैले निवेदन गरेँ । यो विधेयकको सन्दर्भमा केही कुराहरु संशोधनयोग्य छन् भन्ने मैले पनि महसुश गरेको छु । यो मिडिया काउन्सिल गठनको क्रममा बन्ने समितिको प्रक्रियामा परिमार्जन गर्नुपर्छ भन्ने विषयमा मेरो पूर्ण रुपमा सहमति छ । र यस विषयमा विषेशज्ञबाट उठेको कुरा पनि मनन्योग्य छ । त्यसलाई पनि परिमार्जन गरेर हामी अगाडि लैजान्छौं । अन्य नमिलेका कुरा पनि सुधार गर्र्छौं ।’

उहाँले विधेयकमा नमिलेको कुरालाई सुधार गरेर नेपालको सञ्चार जगतलाई समृद्ध बनाउने कुरामा सबै राजनीतिक दलहरु सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो ।