१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन जी अभियान माथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस: पुष्पकमल दाहाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन जी अभियानलाई समर्थन जनाउनु भएको छ ।

दाहाल सरकारले ‘प्रतिबन्ध’ लगाएको सामाजिक सञ्जाल फेसबुकमार्फत अभियानलाई समर्थन जनाउनु भएको छ ।

उहाँले लेख्नु भएको छ-

सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ।