३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गाजामा पीडाबारे इजरायली मिडियामा परिवर्तनशील धारणा

गाजामा पीडाबारे इजरायली मिडियामा परिवर्तनशील धारणा
FILE - People hold photos of Palestinian children killed during Israeli military operations in the Gaza Strip as they call for an end to the war and to the starvation of Palestinians, during a protest in Tel Aviv, Israel, Saturday, Aug. 23, 2025. (AP Photo/Maya Levin, File)
अ+ अ-

एजेन्सी । गाजामा जारी युद्धको समाचार इजरायली मिडियामा पछिल्ला दिनमा फरक देखिन थालेको छ ।

गत दुई वर्षको अधिकांश समय इजरायली टेलिभिजनहरूले गाजाको पीडाभन्दा इजरायली वीरता, अपहरणमा परेकाहरूका परिवारको दुःख र लडाइँमा मारिएका सैनिकहरूबारे समाचारलाई प्राथमिकता दिएका थिए ।

तर हाल केही च्यानलहरूले कुपोषित बालबालिकाका तस्बिरदेखि लिएर प्यालेस्टिनीहरूको दैनिक जीवनमा भोगिरहेका कठिनाइबारे रिपोर्ट प्रस्तुत गर्न थालेका छन् ।

यो सूक्ष्म परिवर्तन इजरायलमाथि बढ्दो अन्तर्राष्ट्रिय आलोचनाबीच आएको हो, जसले देशभित्रै सैन्य आक्रमण जारी राख्ने कि रोक्ने भन्ने गहिरो विभाजन देखाएको छ । तर बढ्दो प्रदर्शन र मिडिया कभरेजले नीतिमा खासै असर पारेको छैन ।

“यो केवल गाजाको अवस्थाप्रति चासो मात्रै होइन, इजरायलको दृष्टिकोणबाट पनि प्रश्न हो—हाम्रो युद्धको लक्ष्य पूरा गर्ने तरिकाले हामी सही काम गरिरहेका छौँ कि छैनौँ ?”, इजरायलको हिब्रू विश्वविद्यालयका सञ्चार विज्ञ एरान अम्सालेमले भन्नुभयो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्ध अन्त्यको माग गर्ने व्यापक आन्दोलनलाई बेवास्ता गर्नुभएको छ । सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणपछि दुई वर्ष लामो लडाइँका बीच प्यालेस्टिनीहरूको पक्षमा उठेका आवाजहरू अझै कमजोर बनेका छन् ।

अक्टोबर ७ को धक्का

युद्धका पहिलो दृश्यहरूमा हमासका लडाकूहरूले सीमा तोड्दै इजरायली सैन्य शिविर र बस्तीहरूमा आक्रमण गरेका देखिन्थे । गाजाबाट आएको भिडियोमा अपहृत इजरायलीहरूलाई सडकमा घिसारिँदै देखाइएको थियो ।

आक्रमणमा अधिकांश सर्वसाधारण गरी करिब एक हजार दुई सय मारिए र दुई सय ५१ जनालाई अपहरण गरियो । हाल करिब ४८ जना अझै गाजामा छन्, जसमा करिब २० जना जीवित रहेको अनुमान छ ।

यसलाई इजरायलको इतिहासमै भयावह आक्रमण भनिन्छ र अझै पनि स्थानीय समाचारमा प्रमुख स्थानमा छ । सुरुका महिनामा इजरायली समाज ‘हाम्रो ९र११’ भन्दै राष्ट्रिय एकतामा उभिएको थियो । यद्यपि अन्तर्राष्ट्रिय मिडियाले चाँडै गाजामाथिको आक्रमणतर्फ ध्यान खिच्यो ।

“युद्धको अधिकांश समयमा इजरायली मिडियाले गाजाको पीडा, भोकमरी वा विनाशबारे निकै थोरै खबर प्रसारण गरेको थियो”, इजरायली समाचार एङ्कर राविभ ड्रुकरले भन्नुभयो, “यदि गरेको थियो भने पनि, त्यो केवल हमासमाथिको आक्रमण कत्तिको प्रभावकारी भयो भन्ने इजरायली दृष्टिकोणमा सीमित रह्यो ।”

इजरायलले युद्ध सुरु भएदेखि सेनाद्वारा नियन्त्रित भ्रमण बाहेक अन्तर्राष्ट्रिय पत्रकारहरूलाई गाजामा प्रवेश दिन बन्देज लगाएको छ । पत्रकार संरक्षण समितिले यसलाई इतिहासकै घातक युद्ध भनेको छ, जसमा कम्तीमा एक सय ८९ प्यालेस्टिनी पत्रकार इजरायली आक्रमणमा मारिएका छन् ।

गाजाको पीडा देखाउने जोखिम

गाजाको मानवीय सङ्कटबारे बोल्ने केही पत्रकारहरू आलोचनाको शिकार भएका छन् ।

समाचार एङ्कर योनीत लेवीले जुलाईमा अकालसम्बन्धी रिपोर्टमा ‘यो केवल प्रचारको असफलता होइन, नैतिक असफलता पनि हो’ भनेपछि उहाँलाई केही विश्लेषकहरूले ‘हमासको प्रवक्ता’ र ‘सैनिकको अनुहारमा थुक्ने’ व्यक्ति भनेर आरोप लगाएका थिए ।

दक्षिणपन्थी च्यानलहरूले भने नियमित रूपमा प्यालेस्टिनीहरू मारिएको र घरहरू भत्काइएकोमा खुसी व्यक्त गर्दै आएका छन् र ‘गाजामा निर्दोष नागरिक छैनन्’ भन्दै अझै कडा कारबाही गर्नुपर्ने तर्क गर्छन् ।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा ६४ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । यो मन्त्रालय हमासद्वारा सञ्चालित भए पनि तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घ र स्वतन्त्र विज्ञहरूले विश्वसनीय मान्छन् । इजरायलले भने यी तथ्याङ्क अस्वीकार गरे पनि आफ्ना आँकडा सार्वजनिक गरेको छैन ।

यसैबीच, इजरायली पत्रकार ज्भी येहेज्केलीले हालै अस्पतालमा पाँच पत्रकार मारिएको आक्रमणलाई स्वागत गर्दै उनीहरू ‘हमाससँग मिलेर झूटा समाचार फैलाउँदै थिए’ भन्ने दाबी गर्नुभयो । तर इजरायली सेनाले ती पत्रकारहरू कुनै पनि लडाकू नभएको स्पष्ट पारेको छ । मारिनेमा एपीका लागि काम गर्ने मरियम दग्गा पनि हुनुहुन्थ्यो ।

परिवर्तनको सङ्केत

यद्यपि अझै सीमित भए पनि पछिल्ला हप्ताहरूमा केही प्रमुख मिडियामा प्यालेस्टिनीहरूको अवस्थाबारे लामो रिपोर्ट आउन थालेका छन् ।

इजरायली टेलिभिजनहरूले यस वर्षको दुई महिना १५ दिनको मानवीय सहायता प्रतिबन्धका कारण बढेको भोकमरी सङ्कटलाई पनि रिपोर्ट गरेका छन् । केही कार्यक्रममा गाजावासीहरूसँगको अन्तर्वार्ता देखाइएको छ, तर उनीहरूको सुरक्षाका कारण अनुहार ढाकिएको हुन्छ ।

वामपन्थी दैनिक ‘हारेत्ज’ का पत्रकार निर हासोनलगायतले युद्धअघि र युद्धका क्रममा निरन्तर प्यालेस्टिनीहरूको पक्षमा समाचार लेख्दै आउनुभएको छ, जसले हालको इजरायली मिडिया परिदृश्यमा अपवादको रूपमा स्थान पाएको छ ।

“अक्टोबर ७ पछि केही भङ्ग भयो र प्रतिपक्षको पीडाबारे कुरा गर्नु पूर्ण रूपमा अवैध जस्तो वातावरण बनाइयो”, हासोनले भन्नुभयो, “तर म बुझ्छु, इजरायली जनताले सुन्न सक्ने क्षमता राख्छन् । समस्या भने मिडियाले आफैँलाई धेरै रोक लगाइरहेको हो ।”