२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहसचिव डा भूसालद्वारा शरीर दान घोषणा



अ+ अ-

काठमाडौं: पछिल्लो समय नेपाली समाजमा अङ्गदान गर्ने प्रचलन बढ्दै गएको छ । देहावसन भइसकेको अवस्थामा मानव अङ्गहरु विभिन्न व्यक्तिका लागि उपयोगीसिद्ध हुने गरेपछि अङ्गदान गर्नेक्रम बढेको छ ।

हालैका वर्षमा शताब्दी पुरुष सत्यमोहन जोशी र वरिष्ट पत्रकार भैरव रिसालले पनि शरीर दान गर्नु भएको थियो । उहाँहरुका शरीर मेडिकल अध्ययन, अनुसन्धान प्रयोजनका लागि अस्पतालमा राखिएका छन् ।

प्रत्यारोपण हुन काम लाग्ने मानव अङ्गहरु जस्तै, आँखा, कलेजो, मृगौला, छाला अहिले दान गर्नेक्रम बढेको हो ।

यहीक्रममा निजामती सेवा दिवसको अवसर पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत सहसचिव डा. भिष्मकुमार भूसालले पनि आज शरीर दान गर्ने घोषणा गर्नु भएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, “आखिर खरानी हुने शरीर हो । ज्यान दान गरियो आजै । मरेपछि पनि काम लागूँ कसैका लागि ।”

डा भूसालले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरबाट डोनर कार्ड (दाता कार्ड) लिनु भएको छ । उहाँको केन्द्रमा दर्ता नं. २७३० रहेको छ । केन्द्रले हाल मुख्यत: मृगौला र कलेजो प्रत्यारोपणको कार्य गरिरहेको छ ।