३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जेनी जी’ को आन्दोलनमा दुर्गा प्रसाईं पनि सहभागी हुने



अ+ अ-

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पनि ‘जेन जी’को भोलि काठमाडौंमा हुन लागेको आन्दोलनमा सहभागी हुने भएका छन् ।

सामाजिक सञ्जाल बन्दको विरुद्धमा हुन लागेको स्वतःस्फूर्त आन्दोलनमा राजावादी अभियन्ता समेत रहेका प्रसाईँ पनि सहभागी हुने भएका हुन् ।

उनले यो आन्दोलनमा चैत १५ गतेजस्तो दमन नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् ।

प्रसाईँले फेसबुकमा लेखेका छन्, ‘२२ रुपियाँको भुक्के चप्पलमा सिंहदरबार छिरेका नेताहरूका छोराछोरी आज करोडौँको घडी, लाखौँको जुत्ता-चस्मा र लुइभ्यानटका ४० लाख पर्ने झोला बोकेर हिँडिरहेका छन्। विदेशसम्म–अमेरिका, युरोप, अष्ट्रेलिया, कम्बोडिया सम्म भ्रष्टाचारको सम्पत्ति बगिरहेको प्रमाणसहित आवाज उठाउँदा मलाई कारागार धकेलियो। राजनीतिक दल र सञ्चार जगतले मलाई हेला गरे, तर आज सत्यको पक्षमा जनचेतना जाग्दै गएको छ। म यस कुरामा धेरै खुसी छु !’