३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बन्द भएको फेसबुकबाट बालेनको निरन्तर प्रतिक्रिया, तनाव नै हुँदो रहेछ !

बन्द भएको फेसबुकबाट बालेनको निरन्तर प्रतिक्रिया, तनाव नै हुँदो रहेछ !
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सरकारले फेसबुकलगायतका सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गराएपछि लगातार प्रतिक्रिया दिँदै आएका छन् । उनले बन्द भइसकेको भनिएको फेसबुकबाटै प्रतिक्रिया जनाएका हुन् ।

सरकारले बिहीबारदेखि सूचीकरणमा नआएका २६ वटा सामाजिक सञ्जालहरु चल्न रोक लगाएको थियो । त्यसपछि यसको पक्ष र विपक्षमा बहसहरु भइरहेका छन् ।

सामाजिक सञ्जालबाटै भइरहेका बहसमा अनेक प्रक्रिया पाइन्छन् । त्यसैगरी प्रतिक्रिया जनाउने क्रममा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले भने प्रतिक्रिया दिएका हुन् ।

उनले भनेका छन्– ‘फेसबुक बन्द हुँदा तनाव हुने रहेछ ।’

महानगर प्रमुख बालेन प्रायजसो: सामाजिक सञ्जालबाटै आफ्ना भनाइहरू राख्ने गर्दछन् ।

उनले व्यंग्यात्मक शैलीमा बन्द भइसकेको भनिएको फेसबुकमै लेखेका छन्– ‘फेसबुक बन्द गरेर नि तनाव हुँदो रैछ, अब अरुले काम गरेको मात्र देख्ने भए,’ ‘बोलेको नसुन्ने भए ! गाह्रो छ हामी जस्तो भाषण दिनेहरूलाई ।’

यसअघि पनि उनले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयप्रति सांकेतिक र व्यङ्ग्यात्मक कवितामार्फत आफ्नो प्रतिक्रिया दिएका थिए ।

बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक कविता पोस्ट गर्दै उनले सरकारी निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले कविता मार्फत् सरकारी निर्णयका कारण नागरिकको अभिव्यक्तिमा ‘ढाट’ वा अवरोध लागेको बताए ।

उनको कविताको पहिलो पङ्क्तिमै भनिएको छ– ‘भोलिबाट सपनामै भेट होला, बाटोमा ढाट लागेपछि ।,’ अर्थात् अब सामाजिक सञ्जाल बन्द हुँदा संवाद सपनामा मात्र सीमित हुनेतर्फ व्यङ्ग्य गरेको छ ।

उनले सरकारको निर्णयलाई घमण्डको संज्ञा दिँदै यसले नागरिकलाई एक हुन थप प्रेरित गर्ने आशय व्यक्त गरेका छन् । कवितामा भनिएको छ, ‘घरबाट निस्किए, मनमा एक हौँला, घमण्डको माझ परेपछि ।’

बालेनले फेसबुकमा लेखेको कविता-

भोलिबाट सपनामै भेट होला,

बाटोमा ढाट लागेपछि ।

घरबाट निस्किए, मनमा एक हौँला,

घमण्डको माझ परेपछि ।

तिमी सम्झ मात्र मलाई,

रातमा आइदिन्छु ।

हामीबीच संसार आउन सक्दैन,

हात समाइदिन्छु ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार फेसबुक लगायतका दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय भएको घोषणा गरेलगत्तै प्रमुख शाहको यो कविता आएको हो ।

सरकारको उक्त निर्णयको सामाजिक सञ्जालमा आलोचना, प्रशंसा र बहस भइरहेको छ ।