५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी

१०२ वर्षीय कोकिची अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान कायम

१०२ वर्षीय कोकिची अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान कायम
अ+ अ-

एजेन्सी । एक सय दुई वर्षीय कोकिची अकुजावा जापानको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण गर्दै संसारकै सबैभन्दा वृद्ध पर्वतारोही बन्न सफल हुनुभएको छ । यो उपलब्धिलाई गिनिज वर्ल्ड रेकर्डले अगस्टको सुरुआतमा प्रमाणित गरेको हो ।

“म साँच्चिकै आधा बाटोमै छोड्ने मनस्थितिमा पुगेको थिएँ”, अकुजावाले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भन्नुभयो, “शिखरसम्म पुग्नु कठिन थियो, तर साथीहरूको प्रोत्साहनका कारण अन्ततः सफल भएँ । धेरै मानिसको सहयोगले मात्र यो सम्भव भयो ।”

अकुजावा आफ्नी ७० वर्षीया छोरी मोटो, नातिनी, नातिनीका पति तथा स्थानीय पर्वतारोहण क्लबका चार सदस्यसँगै आरोहणमा सहभागी हुनुभएको थियो । टोलीले अगस्ट ५ मा समुद्री सतहदेखि तीन हजार सात सय ७६ मिटर (१२ हजार तीन सय ८८ फिट) उचाइमा रहेको जापानको सबैभन्दा अग्लो शिखरमा पुग्नु अघि ट्रेलमा दुई रात शिविरमा बिताएको थियो ।

पचहत्तर वर्षीया अर्की छोरी युकिकोले बुबाका कानमा प्रश्नहरू दोहोर्‍याउँदै सहयोग पुर्‍याउनुभयो । अकुजावालाई सुन्न कठिन छ । “उमेरसँगै कुनै पनि पर्वत सामान्य हुँदैन”, अकुजावाले भन्नुभयो, “जति सकिन्छ, चढ्नु राम्रो हुन्छ ।”

यो अकुजावाको पहिलो रेकर्ड तोड्ने आरोहण भने थिएन । उहाँ ९६ वर्षको उमेरमा नै फुजी आरोहण गर्ने सबैभन्दा वृद्ध व्यक्ति बन्नुभएको थियो । त्यसपछि उहाँले मुटुको समस्या, असफल आरोहणका चोटपटक, दाद ९चर्मरोग० र टाँका झेलेर पनि यात्रालाई निरन्तरता दिनुभएको थियो ।

फुजी आरोहण अघि उहाँले तीन महिनासम्म विशेष तालिम लिनुभयो । बिहान ५ बजे उठेर घण्टौँ लामो पैदलयात्रा गर्नुहुन्थ्यो र हरेक हप्ता एकपटक प्रायः गुनमा र नजिकैको नागानो प्रान्तका पहाडहरू आरोहण गर्नुहुन्थ्यो ।

अकुजावाको पर्वतप्रेम युवावस्थामै सुरु भएको हो । टोकियोबाट करिब दुई सय ४१ किलोमिटर उत्तरपश्चिममा रहेको मायबासीस्थित घरमा, आफन्त र पर्वतचित्रहरूले घेरिएको बैठक कोठामा बस्दै उहाँले ८८ वर्षअघि आफूलाई पर्वततर्फ आकर्षित गरेको अनुभव सम्झिनुभयो । शिखरमा पुग्ने जादु निर्विवाद भए पनि, उहाँलाई बारम्बार फर्काइराख्ने शक्ति भने मानिसहरूसँगको सम्पर्क नै थियो ।

“म आरोहण गर्छु किनभने मलाई यो मन पर्छ”, उहाँले भन्नुभयो, “पर्वतमा साथी बनाउन सजिलो हुन्छ ।”

अकुजावा सक्षम विद्यार्थी हुनुहुन्थ्यो । उहाँले इन्जिन डिजाइन इन्जिनियरको रूपमा काम गर्नुभयो र पछि ८५ वर्षसम्म पशुधन कृत्रिम गर्भाधानकर्ताका रूपमा कार्यरत रहनुभयो । “पढाइ मन परे पनि नपरे पनि, पर्वतको आनन्द लिने तरिका उस्तै हो”, उहाँले भन्नुभयो, “बुद्धिले त्यहाँ कुनै अर्थ राख्दैन । हामी सबै एउटै आधारमा हुन्छौँ र सँगै अगाडि बढ्छौँ ।”

पहिले उहाँ एक्लै आरोहण गर्न रुचाउनुहुन्थ्यो, तर उमेर बढेसँगै अरूको सहयोगमा बढी निर्भर हुन थाल्नुभयो । हालैको कीर्तिमानी आरोहण पनि त्यही सहयोगकै कारण सम्भव भयो । “माउन्ट फुजी कठिन पर्वत होइन, तर यसपटक अघिल्ला सबै आरोहणभन्दा धेरै चुनौतीपूर्ण लाग्यो”, उहाँले भन्नुभयो, “मलाई पीडा थिएन, तर किन ढिलो हुँदैछु, किन सहनशक्ति छैन भन्ने सोचिरहेँ । धेरैअघि नै शारीरिक सीमा पार गरेको छु । अरूको शक्ति र सहयोगकै कारण मात्र सफल भएँ ।”

अन्तिम आरोहणको सङ्केत

फेरि माउन्ट फुजी आरोहण गर्ने योजनाबारे प्रश्न गर्दा उहाँले भन्नुभयो, “म सदाका लागि चढिरहन चाहन्छु, तर अब सम्भव नहोला । अहिले म नजिकैको अकागी पर्वत (एक हजार आठ सय २८ मिटर) को स्तरमै छु ।”

यी दिनहरूमा अकुजावा बिहानै वरिष्ठ हेरचाह केन्द्रमा स्वयंसेवा गर्नुहुन्छ र आफ्नो स्टुडियोमा चित्रकला सिकाउनुहुन्छ । उहाँका अनुसार पर्वतारोहण र चित्रकलामा समान समर्पण र समय चाहिन्छ, दुवैले शान्ति दिन्छन् ।

“पर्वत चढ्ने वा चित्र बनाउने जो–कोहीले त्यसबाट केही सम्पूर्ण सिर्जना गर्न सके, त्यो नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो”, उहाँले भन्नुभयो ।

उहाँका छोरीहरूले बैठक कोठाको पर्खाल भरिएका पर्वतचित्रमा सूर्योदयमा फुजी पर्वतको अर्को चित्र थप्न आग्रह गरेका छन् ।

“धेरै अनुरोधहरू आइसकेका छन्”, उहाँले हाँस्दै भन्नुभयो, “म शिखरबाट देखिएका ती दृश्यहरू चित्रित गर्न चाहन्छु, जसले मेरा लागि विशेष सम्झना बोकेका छन् । सम्भवतः यो मेरो अन्तिम शिखरारोहण थियो ।”