१० श्रावण २०८३, आईतवार
,
Latest
लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले भोलि सामूहिक राजीनामा दिने नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेटा सरकारको सम्पर्कमा, माग्यो कम्पनी दर्ता गर्न आवश्यक काजजातको सूची



अ+ अ-

काठमाडौँ । फेसबुक सञ्चालक संस्था मेटाले नेपाल सरकारसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्पर्क गर्दै मेटाका प्रतिनिधिले मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई मेल गरेर कागजातको विवरण माग गरेका हुन् ।

पौने ५ बजे मेटाका प्रतिनिधिले इमेल गरेर दर्ता हुनका लागि आवश्यक कागजातको विवरण मागेका थिए । त्यसको ५ मिनेटभित्रै सामाजिक सञ्जाल प्ल्याटफर्म दर्ता हुन आवश्यक पर्ने कागजातको विवरणबारे जानकारी दिंदै इमेल गरिएको छ ।

सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालहरू चल्न रोक लगाउने निर्णय गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सञ्जाल चल्न रोक लगाउन पत्राचार समेत गरिसकेको छ ।