२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय सुनुवाइ समितिको सभापतिमा खतिवडा निर्विरोध



अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापतिमा रामहरि खतिवडा निर्विरोध भएका छन् ।

सङ्घीय संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि बिहीबार २ बजेदेखि ४ बजेसम्मको समय तोकेको थियो ।

उक्त समयमा खतिवडाको मात्रै उम्मेदवारी परेको हो । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका कांग्रेसका खतिवडा सुनुवाइ समितिमा सभापति निर्विरोध भएका हुन् ।

योसँगै साउन २८ गते राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजीनामा दिएका खतिवडा एक महिना नबित्दै अर्को समितिमा सभापति बन्न पुगेका छन् ।