७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने

सिचुवान एयरलाईन्सले पोखरा–छेन्दु–अष्ट्रेलिया उडान भर्ने

सिचुवान एयरलाईन्सले पोखरा–छेन्दु–अष्ट्रेलिया उडान भर्ने
अ+ अ-

काठमाडौँ । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाईन्सले पोखरा–छेन्दु–अष्ट्रेलियाको उडान भर्ने तयारी गरेको छ ।

सिचुवान एयरलाईन्सले अक्टोबरदेखी पोखरा विमानस्थलबाट चीनको छेन्दु र त्यहाँबाट अष्ट्रेलियाको उडान गर्नेगरी तयारी गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । पोखरा–छेन्दु–अष्ट्रेलियाको उडानले नेपाली यात्रुहरुलाई धेरै सहज हुने उहाँले बताउनु भयो । पोखरा विमानस्थलबाटै अष्ट्रेलियासम्मको यात्रा तय गर्नसक्ने अवस्था बन्नु खुशीको कुरा भएको उहाँले बताउनु भयो । सिचुवान एयरलाईन्सले केही समय अगाडी पोखरा–छेन्दु–पोखराको उडान गरेको थियो । तर प्राविधिक कारण देखाएर सिचुवान एयरलाईन्सले हाल उडान स्थगित गरेको छ ।

उहाँले भन्नुभयो, ‘केही समय अगाडी सिचुवान एयर्सले पोखरा छेन्दु, छेन्दु पोखराको उडान गरेको थियो । र उसको प्राविधिक कारणले केही समय स्थगित गरेको छ । आउने अक्टोबरदेखि सिचुवान एयरलाईन्सले फेरि पोखरा विमानस्थलमा उडान सुचारु गर्ने तयारी गरिरहेको अवस्था छ । उसले पोखराबाट छेन्दु र छेन्दुबाट अष्ट्रेलियासम्ममा जोड्ने तयारी गरिरहेको छ । त्यसबाट नेपाली यात्रुहरुलाई धेरै सहज हुनेछ । उनीहरुले पोखरा विमानस्थलबाटै अष्ट्रेलियासम्मको यात्रा तय गर्नसक्ने अबस्था एउटा चाँही नयाँ खुशीको कुरो हामीसँग आउँदैछ ।’ 

हाल पोखरा विमानस्थलबाट नियमित रुपमा हिमालयन एयरलाइन्सले ल्हासा–पोखरा–ल्हासामा हप्तामा एउटा उडान गरिरहेको छ ।

भूटान एयरलाइन्सले चार्टर्ड उडान गर्ने 

महानिर्देशक निरौलाले भूटान एयरलाईन्सले पोखरा विमानस्थलबाट चार वटा चार्टर्ड उडान गर्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उहाँले भूटान एयरलाईन्सले सेप्टेम्बर २८ देखि ४ वटा चार्टर्ड उडान गर्ने अनुमति पाएको जानकारी दिनुभयो । उहाँकाअनुसार सेप्टेम्बर २८, अक्टोबर २, ६ र १० मा भूटान एयरलाईन्सले पारो–पोखरा–पारो चार्टर्ड उडान गर्नेछ । चार्टर्ड उडानको अनुभव र यहाँको बजार हेरेर नियमित रुपमा उडान सेवा संचालन गर्नेगरि भूटान एयरलाईन्सले तयारी गरिरहेको महानिर्देशक निरौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भूटान एयरलाईन्सले सेप्टेम्बर २८ देखि ४ वटा चार्टर्ड उडान गर्नेगरी अनुमति पाइसकेको अवस्था छ । त्यसपछि उसले चार्टर्डको अनुभव र यहाँको बजार हेरेर नियमित रुपमा उडान सेवा सञ्चालन गर्नेगरी तयारी गरिरहेको अवस्था छ । भूटान एयरलाईन्सले पारो पोखरा, पोखरा पारो चाँही चार्टर्ड उडान गर्नेगरी उसले अनुमति पाइसकेको छ । यो मिति भनेको सेप्टेम्बर २८, अक्टोबर २, अक्टोबर ६ र अक्टोबर १० मा गर्नेगरि यसले चाहीँ अनुमति पाएको छ ।’ 

महानिर्देशक निरौलाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई, मलेसिया र बैंककसम्मको उडान गर्नेगरी निजी क्षेत्रका विदेशी वायु कम्पनीले पनि तयारी गरेको उहाँले जानकारी दिनुभयो । यद्यपि यसबारेमा भने निर्णय गर्न बाँकी रहेको उहाँको भनाई छ । यसको लागि स्थानीय सरकार, प्रदेश सरकार र यहाँका उद्योगी व्यवसायी, पर्यटन व्यवसायीहरुले पहल कदमी लिनुपर्ने उहाँले बताउनु भयो । एयरलाईन्स, एयरपोर्ट बिजनेस एउटा मात्रै सरकारको पहलले सम्भव नहुने उल्लेख गर्नुहुँदै उहाँले यहाँका स्थानीय पर्यटन व्यवसायी सबै मिलेर हातेमालो गरेको खण्डमा यो विमानस्थलमा नियमित रुपमा हवाई सेवा सुचारु गर्न सकिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईसम्मको उडान गर्ने, त्यस्तै मलेसिया, बैंककसम्मको उडान गर्नेगरी निजी क्षेत्रका वायु कम्पनीहरु भन्नाले विदेशी वायु कम्पनीलहरुले तयारी गरिरहेको अवस्था छ । यद्यपि यो के भने निर्णय प्रक्रियामा रहेको छ । यसमा चाहीँ यहाँका स्थानिय सरकार, प्रदेश सरकार र यहाँका उद्योगी, व्यवसायी, पर्यटन व्यवसायीहरुले चाहीँ पहल कदमी लिनुपर्ने हुन्छ । किनभने यो एयरलाईन्स विजनेस, एयरपोर्ट विजनेस भनेको एउटा मात्रै सरकारको पहलले सम्भव नहुने विषय भएको हुनाले यहाँका स्थानिय पर्यटन व्यवसायी सबै मिलेर चाहीँ हातेमालो गरेको खण्डमा यो विमानस्थलमा नियमित रुपमा हवाई सेवा सुचारु गर्न सकिन्छ भन्नेमा हामी आशावादी छौँ ।’

महानिर्देशक निरौलाकाअनुसार पोखरा नयाँ विमानस्थलबाट हाल दैनिक ४० भन्दा बढी आन्तरिक हवाई उडानहरु भइरहेका छन् । आन्तरिकतर्फ बुद्ध एयरलाईन्स, यति एयरलाईन्स र श्री एयरलाईन्सले नियमित रुपमा उडान गरिरहेको उहाँले जानकारी दिनुभयो । हाल अफसिजनमा पनि दिनमा २ हजार भन्दा बढी यात्रुहरुले आवगमन गरिरहेको उहाँले बताउनु भयो । सेप्टेम्वर १५ देखि भने पर्यटन सिजन लाग्ने र त्यस बेलामा भने दैनिक ५० भन्दा बढी उडान हुने उहाँको भनाई छ । करिव ४ हजार यात्रुले आवतजावतको सेवा लिने उहाँले जानकारी दिनुभयो । विगतको तथ्याङ्कअनुसार पनि ४ हजारको हाराहारीमा पिक सिजनमा र अफसिजनमा २ हजार भन्दा बढी यात्रुहरुले सेवा लिएको उहाँले जानकारी दिनुभयो ।

पोखराको पुरानो विमानस्थलबाट भने हाल समिट एयरले पोखराबाट जोमसोमको उडान शुरु गरेको उहाँले जानकारी दिनुभयो । पुरानो विमानस्थलबाट हेलिकप्टर सेवा नियमित रुपमा भईरहेको उहाँको भनाई छ ।