३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ थाल्दै प्रहरी, गर्यो यस्तो अनौठो आग्रह



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले ‘शान्त तथा अवरोधमुक्त छिमेकी’ अभियान थाल्ने भएको छ ।

मानव स्वास्थ्यका लागि हानिकारक मानिने ध्वनि प्रदूषणले गर्भवती महिला, सुत्केरी, बालबालिका, विद्यार्थी, ज्येष्ठ नागरिक, अशक्त तथा रोगी व्यक्तिलाई गम्भीर असर पार्ने भन्दै प्रहरीले घर–परिवार र छिमेकीलाई असर नपर्ने गरी सामाजिक व्यवहार गर्न आग्रह गरेको हो ।

प्रहरीले सार्वजनिक गरेको सूचनामा राति अनावश्यक रुपमा ठूलो आवाज नगर्न, पार्टी वा जमघट गर्दा ध्वनि नियन्त्रण गर्न, टेलिभिजन वा रेडियो उच्च आवाजमा नचलाउन, धार्मिक वा सांस्कृतिक कार्यक्रमहरूमा ध्वनि नियन्त्रण गर्न तथा मन्दिर, गुठी, मस्जिदलगायत स्थानमा पुजा–प्रार्थना गर्दा पनि ध्वनि नियन्त्रणमा राख्न अनुरोध गरिएको छ ।

त्यसैगरी, विद्यालय र क्याम्पस वरिपरिको क्षेत्रमा ठूलो आवाज नगर्न, मोटरसाइकल वा अन्य सवारीसाधनमा साइलेन्सर फेरेर ध्वनि उत्पन्न नगर्न, सडकमा अनावश्यक हल्ला नगर्न पनि अपिल गरिएको छ ।

सूचनामा विवाह, भोज, सामाजिक वा पारिवारिक जमघटमा बाजा बजाउँदा राति अबेरसम्म अनावश्यक ध्वनि प्रदूषण नगर्न, आपत्कालीन अवस्थामा मात्रै सायरन वा हर्न प्रयोग गर्न र धार्मिक परम्परामा बजाइने संगीतमय उपकरणलाई पनि निर्धारित स्तरभन्दा बढी प्रयोग नगर्न भनिएको छ ।

प्रहरीले ध्वनि प्रदूषण गर्ने व्यक्तिलाई विद्यमान कानुनअनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ । सूचनामा भनिएको छ, “ध्वनि प्रदूषण गर्ने गतिविधि नियन्त्रण गर्न असफल भएमा कानुन बमोजिम जरिवाना तथा कैद सजाय हुने व्यवस्था रहेको छ ।”

काठमाडौं उपत्यका प्रहरीले सबै नागरिकलाई यो अभियानमा सक्रिय सहयोग गर्न आग्रह समेत गरेको छ ।